महासङ्घद्वारा प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न आग्रह

डिसी नेपाल
१५ माघ २०७७ २२:२६
16
Shares

काठमाडौं । नेपाल पत्रकार महासङ्घले पूर्वमन्त्री महेश बस्नेतले सार्वजनिक कार्यक्रममा विभिन्न सञ्चार माध्यमका सम्पादकलाई धम्क्याएको घटनाको भत्र्सना गरेको छ । “पत्रकारले समाचार लेखेका कारणले मन्त्री जस्तो जिम्मेवार पदमा बसेर काम गरिसक्नुभएका व्यक्तिले सार्वजनिक रूपमा पत्रकारलाई ठाडो चुनौती दिँदै धम्क्याएको यो घटना प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो”, महासङ्घद्वारा आज जारी विज्ञप्तिमा भनिएको छ ।

बुटवलमा माघ १३ गते आयोजित युवाको भेलालाई सम्बोधन गर्ने क्रममा पूर्वमन्त्री बस्नेतले लोकतन्त्रको अभ्यासका नाममा केही मिडियाले अराजकता फैलाएको भन्दै कान्तिपुरका प्रधानसम्पादक सुधीर शर्मा, रातोपाटीका प्रधानसम्पादक ओम शर्मा र इकागजका सम्पादक हरिबहादुर थापाको नामै तोकेर सार्वजनिक रूपमा धम्क्याएको महासङ्घले जनाएको छ ।

पत्रकारलाई हतोत्साहित बनाउने र मनोवैज्ञानिक त्रास फैलाउने यो घटनाको भत्र्सना गर्दै महासङ्घले प्रेसको संवैधानिक स्वतन्त्रताको सम्मान गर्न र यस्ता कार्य नदोहो¥याउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *