सहिद तथा बेपत्ता परिवारलाई सम्मान र बीमा

डिसी नेपाल
१९ माघ २०७७ २२:५५

पोखरा । कास्कीको रुपा गाउँपालिकाले बेपत्ता तथा सहिद परिवारलाई सम्मान गरेको छ । विभिन्न संघर्ष एवं परिवर्तनका आन्दोलनमा गाउँपालिका क्षेत्रबाट सरिक हुने क्रममा सहिद भएका १८ र घाइते १७ जना जना सहित ७७ जनाको परिवारलाई पालिकाले सम्मान गरेको हो । पालिकामा रहेका १८ सहिद, १७ घाइते र ४० जना द्वन्द्व पीडित सहित ७७ जनाको परिवारलाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए ।
गएको फागुन महिनामै यस्ता परिवारलाई सम्मान गर्ने कार्यक्रम तय भएपनि कोभिड–१९ का कारण रोकिएको अध्यक्ष ओझाले बताए ।

‘गएको वर्ष नै निर्धारित कार्यक्रम कोरोनाले रोकिएपछि अहिले निरन्तरता दिएका हौं,’ उनले भने, ‘त्यस्ता परिवारको योगदानकै कारण प्राप्त व्यवस्थाका कारण ३ तहको सरकार बनेको छ । यस्तो अवस्थामा परिवारको सम्मान गर्नू गाउँ सरकारको कर्तव्य हो ।’

पालिकाले यस्ता परिकारलाई ताम्रपत्र, दोसल्लाले सम्मान गरेको छ ।त्यसैगरी उनीहरुका परिवारका ५ जनासम्मको रु १ लाख बराबरको स्वास्थ्य विमा गरिएको छ । स्वास्थ्य विमाका लागि आवस्यक पर्ने सबै रकम गाउँपालिकाले नै तिरिदिने अध्यक्ष ओझाले जानकारी दिए ।

‘एक जनाको परिवारका ५ जना सदस्यले यो विमाको सुविधा पाउने छन्,’ ओझाले भने, ‘गाउँपालिकाभित्रका सबै त्यस्ता परिवारलाई हामीले संरक्षण र प्रोत्साहन गर्छौं ।’

गण्डकी प्रदेश सामाजिक विकास मन्त्री नरदेवी पुनले सहिद तथा घाइतेहरुका परिवारलाई सम्मान गरेकी थिइन् । कार्यक्रममा मन्त्री पुनले त्यस्ता परिवारको दीगो जिविकोपार्जनका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रम ल्याएको बताइन् ।

सहिद तथा बेपत्ता परिवारका तर्फबाट खिमादेवी बास्तोलाले राजनीतिक दलका नेताले सहिद र बेपत्ता भएकाको परिवारलाई पालिकाले सम्मान गरेकोमा खुसी व्यक्त गरिन् । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *