नेपालमा बैदेशिक रोजगारीमा पठाइदिने भन्दै भारतीय गिरोह सक्रिय, ४ जना नियन्त्रणमा

तर्कबहादुर थापा
२० माघ २०७७ ७:५०

काठमाडौं । राजनीतिक दलहरुले काठमाडौंका सडक कब्जा गर्दै आफ्नो कार्यक्रम गरिरहेका छन्। अलि टाठाबाठा राजनीतिक दलका नेताहरुको झोला बोकेरै भए पनि आफ्नो दुनो सोझ्याइरहेका छन्। सोझा जनतालाई दुई छाक खान धौधौ पर्छ।

उनीहरु कामको खोजीमा शहर पस्छन्। उनीहरुमा विदेश जाने लोभ जाग्छ। त्यो लोभ आफैं जाग्ने हैन, कसैले जगाउँछ। जसरी सडक कब्जा गरेर राजनीतिक दलहरुले आफ्नो स्वार्थपूर्तिका लागि काम गरिरहेको देखिन्छ त्यसै गरी म्यानपावर कम्पनी कब्जा गरेर विदेशी नागरिहकहरुले ती सोझा जनता ठगिरहेका छन्।

क्यानडा पठाउने भएपछि दोलखाका धनबहादुर, चितवनको वीरबहादुर, चितवनको अछामी, चितवन कै श्यामकुमार, नवलपरासीका कुमार गोले लगायतका व्यक्तिहरुले ५ हजार भारु बुझाउँछन्।

नेपालमा केही गर्ने वातावरण नभएपछि वैदेशिक रोजगारीको बाटो रोज्नु उनीहरुको बाध्यता थियो। तर, उनीहरुले नक्कली म्यानपावरमा छौं र ठगिँदै छौं भन्ने कुराको अनुमान नै गरेका थिएनन्।

भारतीय नागरिकसहित ट्रिपलस्टार म्यानपावरका संचालक पनि पक्राउ परेको बरालले जानकारी दिए। बरालका अनुसार त्यो भारतीय नागरिकहरुको गिरोहले नेपालमा ठगि गर्नका लागि कुनै नेपाली म्यानपावसँग सहकार्य गर्ने रणनीति अनुसार ट्रिप स्टारसँग सहकार्य गरेको पाइन्छ।

नेपालको ट्रिपल स्टार नाम गरेको म्यानपावर कम्पनीसँग सहकार्य गरेर भारतीय नागरिकले गणपति ह्याप्पी लाईफ भन्ने म्यानपावरको बिल बनाई पैसा उठाउन थाले। अन्तर्वाताको नाममा नेपालीहरुबाट अबैध पैसा उठाइदैँछ भन्ने कुरा बैदेशिक रोजगार विभागले थाहा पायो र छापा मा-यो।

विभागबाट खटिएका कुशल बराल, हेमराज पाण्डे, नरहरि सिटौला र धनबहादुर लामिछानेले नेपाल प्रहरीको रोहवरमा छापा मारेपछि ४ जना भारतीय नागरिकले अबैध काम गर्दै गरेको अवस्थामा फेला पारे र चेकजाँच सुरु गरे।

विगत १ महिनादेखि बसपार्कमा आएर उक्त गिरोह वैदेशिक रोजगारीमा क्यानडा पठाइदिने भन्दै ठगी गरिरहेको अनुगमन टोलीका कुसल बरालले जानकारी दिए। बरालका अनुसार भारतीय नागरिकले नेपालमा अनुमति पाएको म्यानपावर कम्पनी खोजी गरेका र ट्रिपल स्टार भेटेपछि ठगी गर्न थाले।

‘विभागमा २ बजे एउटा सूचना आयो’,  बरालले भने, ‘टोखाको ग्राण्डी जाने बाटोमा भारतीय टिमले क्यानडा पठाउने भन्दै नेपालीको डाटा संकलन गरिरहेको छ। हामी आयौं। सुरुमा त पत्ता लगाउनै गाह्रो भयो। सुक्षम तरिकाले अध्ययन गर्दा उनीहरुले गणपति ह्याप्पी लाईफ भन्ने बोर्ड राखेका रहेछन्। हामीले भित्र प्रवेश गर्दा ३ जना महिला र १ जना पुरुष भारतीय नागरिकलाई ठगि गर्दै गरेको अवस्थामा भेटायौं।’

भारतीय नागरिकसहित ट्रिपलस्टार म्यानपावरका संचालक पनि पक्राउ परेको बरालले जानकारी दिए। बरालका अनुसार त्यो भारतीय नागरिकहरुको गिरोहले नेपालमा ठगि गर्नका लागि कुनै नेपाली म्यानपावसँग सहकार्य गर्ने रणनीति अनुसार ट्रिप स्टारसँग सहकार्य गरेको पाइन्छ। उनले भने,  ‘ट्रिपल स्टारले कसरी सहकार्य ग-यो भन्ने विषयको छानविन विभागमा हुन्छ। उहाँहरुलाई विभागमा बोलाइएको छ।’

उक्त गिरोहले प्रतिव्यक्ति ५ हजार भारतीय रुपैयाँ उठाएको र अफर आएपछि १ लाख बुझाउनु पर्ने खालको सम्झौता गरेको बरालको भनाइ छ।  बरालका अनुसार फेसबुकमा विज्ञापन गरेर क्यानडा पठाउने भन्ने, फेसबुकबाट नै सम्पर्कमा आएकाहरुलाई गिरोहले ठगि गर्ने गरेको हो। ‘उक्त गिरोहका नाइके भनिने आशिष सेट फरार छन्,’ बरालले भने।

‘नियन्त्रणमा रहेका भारतीय नागरिकहरुले ट्रिपल स्टारसँगको सहकार्यपछि अफिस खोज्ने काम र बोर्ड बनाएर राख्नेकाम गरिएको बताएका छन्’,  बरालले भने, ‘ट्रिपल स्टारले पनि उक्त आरोप स्वीकारेको छ। बाँकी अनुसन्धानपछि थाहा हुन्छ।’ उनीहरु नेपालीलाई ठगी गर्ने मनसायले नै नेपाल पसेको बरालको भनाइ छ।

नेपालमा विदेश पठाउने भन्दै ठगी गर्नेहरुको विगविगी बढेको विभागले जनाएको छ। विभागले यसभन्दा पहिला पनि कतारको पुलिसमा पठाइदिने भन्दै अन्तर्वाता लिँदै गरेको अवस्थामा पनि छापा मारेको थियो।

विभागकाले उक्त ४ जना भारतीय नागरिकसहित कार्यालय प्रयोजनका ल्यापटप २ थान, बिलप्याड २ थान, एमओयू पाना ५ थान, ट्रिपल स्टारको मार्केटिङ बुक १ थान, ठूलो बिलप्याड १ थान, कपिहरु १० थान, क्यानडाको अफर अफ इम्पोलायमेन्ट २ थान, राहदानी फोटोकपी सहितको फारम ६ थान, ठूलो सम्झौता पत्र १ थान, सर्टिफिकेट अफ रजिष्ट्रेसन ६ र प्लाष्टिकको फाइल १ थान नियन्त्रणमा लिएको छ।

भारतीय नागरिकहरुले आफू काम गर्ने कर्मचारी भएको र कुनै पनि पचिचयपत्र आफ्नो साथमा नभएको प्रहरीले जानकारी दिएको छ। प्रहरीका अनुसार उनीहरुमाथि थप अनुसन्धान जारी छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *