अनेसास महिला समितिद्वारा कविता आह्वान

डिसी नेपाल
२१ माघ २०७७ १३:२०
44
Shares

काठमाडौं। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) महिला समितिले अन्तर्राष्ट्रिय महिला दिवसको अवसर पारेर आयोजना गर्न लागिएको कविता प्रतियोगिताका लागि कविता आह्वान गरेको छ। विश्वभरका महिलाले सहभागिता जनाउन सक्ने उक्त प्रतियोगिताका लागि आगामी मार्च २० सम्ममा कविता पठाइसक्नु पर्नेछ।

प्रतियोगिताका लागि दुई सय शब्दसम्मको कविता पठाउन समितिले अनुरोध गरेको छ। महिलाको जनजीवनमाथि लेखिएको कवितालाई विशेष प्राथमिकता दिइने विज्ञप्तिमा उल्लेख छ।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय हुने कविताहरुलाई सम्मानपत्रका साथै पुरस्कृत गरिने छ। प्रथम, द्वितीय, तृतीय हुने कवितालाई क्रमशः पाँच सय, तीन सय र दुई सय अमेरिकी डलर प्रदान गरिने छ।

प्राप्त कविताहरू मध्येबाट निर्णायक समितिले छनौट गरेको उत्कृष्ट कवितालाई १८ अप्रिलमा आयोजना गरिने कार्यक्रममा वाचन गराइने आयोजक समितिले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *