घरघरमा रोजगारी दिनुपर्छ : वरिष्ठ नेता पौडेल

डिसी नेपाल
२१ माघ २०७७ २३:१२
36
Shares

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उद्यमशीलता विकासका लागि राज्यको सेवा र टेवासहित घरघरमा रोजगारीको व्यवस्था हुनुपर्ने बताएका छन् ।

तनहुँको ऋषिङ गाउँपालिका–४ स्थित ढाक्रे खोलामा निर्माण भएको पुलको आज उद्घाटन गर्दै वरिष्ठ नेता पौडेलले गाउँमा रोजगारीको व्यवस्था नहुँदा युवा शक्ति पलायन हुनुपरेको उल्लेख गर्दै युवा शक्ति रोक्न गाउँमै रोजगारीको सिर्जना गर्नेतर्फ सरकार गम्भीर हुनुपर्ने बताए। “आज जनताको आवश्यकता गाउँ गाउँमा विकास निर्माण हो”, उनले भने । वरिष्ठ नेता पौडेलले गाउँमा बाटो, बिजुली, शिक्षा, स्वास्थ्य पु¥याएर गाउँबाट भागेको मनलाई गाउँमै फर्काउनुपर्ने बताउए ।

उहाँले संसद् पुनस्र्थापनाको एकमात्र आशा अदालतमा रहेकाले अदालतले संविधानबमोजिम नै फैसला सुनाउने पौडेलको जिकिर थियो । कार्यक्रममा तत्कालीन संविधानसभा सदस्य रामचन्द्र पोख्रेल, झुलबहादुर आले, जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्ले, ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठलगायतले पुल निर्माण भएसँगै सर्वसाधारणलाई सहज हुने बताए । ऋषिङ गाउँपालिकाको रु चार करोड लागतमा पुल निर्माण गरिएको थियो । उक्त पुलको विसं २०७५ चैत पहिलो साता वरिष्ठ नेता पौडेलले नै शिलान्यास गरेका थिए ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *