४ जना टिकटकरको गोली हानी हत्या, साथमा टिकटक बनाउँदै गर्दा मारिए

डिसी नेपाल
२२ माघ २०७७ १७:२३

काठमाडौं । ४ जना टिकटकरहरुले साथमा मिलेर टिकटक बनाउँदै गर्दा चारै जनाको गोली हानी हत्या गरिएको छ । ४ जनामध्ये एउटी महिला समेत रहेको बताइएको छ । मंगलबार बिहान पाकिस्तानको कराचीमा उनीहरुको हत्या गरिएको अधिकारीहरुलाई उद्धृत गर्दै पाकिस्तानी अखबार डनले जनाएको छ । शहरका पुलिस एसएसपी सरफराज नवाज शेखका अनुसार चारै जना सामाजिक संजालमा, खासगरी टिकटकमा सक्रिय थिए ।

मृतकहरु मुस्कान र आमिर साथीहरु रहेको बताइएको छ । अधिकारीका अनुसार मुस्कानले आमिरलाई सोमबार राती भेट्नका लागि बोलाएकी थिइन् । आमिरले एउटा गाडीको व्यवस्था गरेर आफ्ना साथीहरु रेहान र सज्जादलाई पनि साथमै लिएर मुस्कानलाई भेट्न गएका थिए । चारै जना शहरमा घुमिरहेका थिए र त्यस क्रममा टिकटक पनि बनाइरहेका थिए ।

उनीहरु गाडीमै घुमिरहेको बेलामा बिहान ४ बजेर ४८ मिनेटको समयमा उनीहरुमाथि आक्रमण भएको थियो । महिलाको कारभित्र मृत्यु भयो भने अन्य तीन जनाको कारबाहिर मृत्यु भएको थियो । उनीहरुलाई अस्पताल लगिएको भए पनि उनीहरुको मृत्यु भइसकेको थियो । पुलिसका अनुसार हत्याको कारण आपसी शत्रुता हुन सक्ने अनुमान गरिएको छ तर अहिलेसम्म हत्याको उद्देश्य स्थापित भइसकेको छैन । एसएसपी शेखका अनुसार अहिलेसम्म कुनै प्रत्यक्षदर्शी भेटिएका छैनन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *