म्यान्मारमा फेसबुक बन्द

डिसी नेपाल
२२ माघ २०७७ १७:३२
60
Shares

बीबीसी । म्यान्मारका सैनिक शासकहरूले फेसबुकलाई देशभित्र प्रतिबन्ध लगाएका छन्। अधिकारीहरूले धेरै नागरिकका लागि इन्टरनेटको पर्याय रहेको फेसबुक ‘स्थिरता’का लागि बन्द गरिएको बताएका छन्।

सोमवार कू गरेपछि सैनिक शासनको विरोध गर्ने मुख्य माध्यम फेसबुक रहेको थियो। कूको विरोधमा सांसदहरूले संसद् परिसर छोड्न अस्वीकार गरेका छन् भने याङ्गुन सहरमा भाँडा ठटाएर विरोध गर्ने क्रम बढेको छ।

त्यहाँको सञ्चार तथा सूचना मन्त्रालयले फेसबुक फेब्रुअरी ७ सम्म बन्द रहने बताएको छ। म्यान्मारका आधा जनसङ्ख्याले फेसबुक प्रयोग गर्ने गर्छन्।

म्यान्मारमा फेसबुकले मोबाइलमा एप चलाउँदा मोबाइल डेटाको पैसा नलाग्ने बनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *