हुम्लामा देखिएन बन्दको प्रभाव

डिसी नेपाल
२२ माघ २०७७ २२:०२

सिमकोट । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको आमहड्तालको प्रभाव हिमाली जिल्ला हुम्लामा देखिएन । जिल्लामा बिहानैदेखि नेपालगञ्ज र सुर्खेतबाट हवाई यातायात सञ्चालनमा आएका छन् । आज बिहानैदेखि बन्द गर्ने भनिए पनि सदरमुकाम सिमकोटमा छोटो दूरीका सवारीसाधन सञ्चालनमा आएका छन् । बिहानैदेखि पसल होटेल व्यवसाय सञ्चालनमा आएका छन् ।

जिल्लास्थित सरकारी र गैरसरकारी कार्यालय निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएको र बन्दको प्रभाव नपरको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए । अहिलेसम्म जिल्ला सदरमुकामलगायत अन्य गाउँपालिकामा कुनै अप्रिय घटना नघटेको र बन्दको प्रभाव नपरेको प्रजिअ गिरीले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *