गर्भवतीको हेलिकप्टरमार्फत उद्धार

डिसी नेपाल
२२ माघ २०७७ २३:२७

बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–४ की ३६ वर्षीय कुमारी घर्तीलाई गर्भवती अवस्थामा जटिल समस्या उत्पन्न भएपछि आज हेलिकप्टरमार्फत उद्धार गरी थप उपचारका लागि पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पठाइएको छ ।

प्रसूति व्यथाले च्यापेपछि बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा आएकी घर्तीलाई त्यहाँ उपचार सम्भव नभएपछि गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको पहलमा हेलिकप्टरमार्फत उद्धार गरी पोखरा लगिएको हो ।

प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख चिकित्सक मिलन मल्लका अनुसार आठ महिनाकी गर्भवती घर्तीको पाठेघर बाहिर निस्किएको थियो । घर्तीको अहिले पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको जनाइएको छ । गर्भवती र सुत्केरी अवस्थामा जटिल समस्या आउँदा तुरुन्त सुविधासम्पन्न अस्पतालमा पु¥याउन सामाजिक विकास मन्त्रालयले हेलिकप्टरमार्फत उद्धार गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *