चरमसुखले माइग्रेनको उपचारमा औषधिले जत्तिकै काम गर्ने

डिसी नेपाल
१ फागुन २०७७ १२:१५

काठमाडौं। यौनका क्रममा प्राप्त हुने चरमसुखले माइग्रेनको उपचारमा औषधिले जत्तिकै प्रभावकारी काम गर्ने मस्तिस्क विशेषज्ञले बताएका छन् । प्रोफेसर अमाण्डा एलिसनका अनुसार केवल अंकमालले पनि माइक्रेनको आघात कम गर्न सक्छ । प्रोफेसर एलिसनका अनुसार चरमसुखले खुसी बनाउने रसायन सेरोटोनिनको उत्सर्जनलाई बढाउँछ । नियमित रुपमा माइक्रेनको समस्यासँग जुधिरहेका बिरामहिरुको केस स्टडीमा उनीहरुको शरीरमा अन्यको तुलनामा कम सेरोटोनिन भएको पाइएको छ ।

द सनमा प्रकाशित समाचारअनुसार यी व्यक्तिहरु सामान्य तनावले टाउको दुख्ने अन्इ व्यक्तिहरुभन्दा २० प्रतिशत बढी यौनको चाहना राख्छन् र उनीहरुको माइग्रेनको लक्षण सम्बन्धपछि हराएको पाइएको छ । डर्हाम युनिभर्सिटीकी प्रोफेसर एलिसनले आफ्नो पुस्तकमा यौनले सेरोटोनिनको इन्जेक्सनको रुपमा काम गर्ने उल्लेख गरेकी छिन् । इजरायलमा एक जना ६१ र अर्का ४७ जना पुरुष पीडितहरुले चरमसुखको समयमा आफ्नो टाउको दुखाइ अचानक हराएको बताएको एलिसनले उल्लेख गरेकी छिन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *