११२ रनमा समेटियो इंग्ल्याण्ड, पटेलकाे शानदार बलिङ

डिसी नेपाल
१२ फागुन २०७७ १८:३६

काठमाडौं । भारतसँगको तेस्रो तेष्टको पहिलो दिन इंग्ल्याण्डले खराब ब्याटिङ गरेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदाबादमा भएको डे/नाइट खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले पहिलो दिन नै सबै विकेट गुमाएर मात्र ११२ रन बनाएको छ । इंग्ल्याण्डले ४८.४ ओभरमा सबै विकेट गुमाएको हो ।

खराब सुरुवात गरेको इंग्ल्याण्डका लागि ज्याक क्रलीले ५३ रनको अर्धसतकीय पारी खेलेपनि अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् । कप्तान जो रुटले जोफ्रो आर्चरले ११ तथा बेन फोयक्सले १२ रन बनाए । शानदार बलिङ गरेको भारतका लागि अक्षर पटेलले ६ विकेट लिए । यस्तै रवि अश्विनले ३ तथा इशान्त शर्माले १ विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *