दोस्रो टी २० मा न्यूजिल्यान्डद्वारा अष्ट्रेलिया पराजित

डिसी नेपाल
१३ फागुन २०७७ १४:१३

काठमाडौं । न्यूजिल्यान्डले दोस्रो टी २० मा अष्ट्रेलियालाई ४ रनले पराजित गरेको छ । पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले २० ओभरमा ७ विकेट गुमाउदै २१९ रन बनायो । टोलीका मार्टिन गप्टिल सतक बनाउन बाट चुके, उनी ५० बलमा ७० रन बनाएर आउट भए । जवाफमा अष्ट्रेलियन टोलीले २० ओभरमा ८ विकेट गुमाउदै २१५ रन मात्र बनाउन सक्यो ।

अष्ट्रेलियाका मार्कस स्टोइनिस र डेनियल साइम्सले तिव्र गतिमा पारी खेल्दै अस्ट्रेलियालाई जीतको नजीक पुर्याए । स्टोइनिसले ३७ बलमा ७८ रन बनाएर आउट हुँदा साइम्सले १५ बलमा ४७ रनको पारी खेले । यो जितसँगै ५ टी २० खेलको श्रंखलामा न्यूजिल्यान्ड २–० ले अगाडि रहेको छ ।

यसअघि खेलमा टस जितेर अष्ट्रेलियाका कप्तान एरोन फिन्चले बलिङ गर्ने निर्णय गरे । न्यूजिल्यान्ड सुरुवात खराब रहयो, टोलीको स्कोर २० रन हुँदा ३ खेलाडी रनआउट भए । त्यसपछि गप्टिल र विलियम्सनले दोस्रो विकेटका लागि १३१ रनको साझेदारी बनाए । यसक्रममा गप्टिलले आफ्नो टी २० करियरको १६औं र विलियम्सनले १३औं अर्धसतक प्रहार गरे । विलियम्सन ३५ बलमा ५३ रन बनाएर आउट भए । साथै गप्टिलले आफ्नो पारीमा ६ चौंका र ८ छक्का प्रहार गरे । त्यसपछि नीशमले तिव्र गतिको पारी खेल्दै १६ बलमा एक चौंका र ६ छक्का प्रहार गर्दै ४५ रनमा अविजित रहे । न्यूजिल्यान्डका ६ खेलाडीहरुले दोहरो अंकमा रन बनाउन सकेनन । अष्ट्रेलियाको लागि केन रिचर्ड्सन ३ विकेट लिए । साथै एडम जम्पा, जे रिचर्ड्स र साइम्सले समान १–१ विकेट लिए ।

२२० रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाका लागि मैथ्यू वेड र एरोन फिन्चले गतिलो सुरुवात दिलाएका थिए । वेड २४ र फिन्च १२ रन बनाएर आउट भए । ग्लेन म्याक्सवेलको ब्याटिङ पनि चल्न सकेन, उनी ३ रन बनाएर आउट भए । त्यसपछि जोश फिलिप र स्टोइनिसले मिलेर पारी सम्हाले । फिलिप ३२ बलमा ४५ रन बनाएर आउट भए । त्यपछि एस्टन एगर र मिचेल मार्श शून्य रनमा आउट भए । ११३ रनमा ६ विकेट गुमाएको अष्ट्रेलियाको पारी स्टोइनिस र साइम्सले सम्हाले । दुबैले सातौं विकेटको लागि ३१ बलमा ९२ रनको साझेदारी बनाए । अष्ट्रेलियालाई अन्तिम ओभरमा १५ रन चाहिएको थियो, तर टोलीले १० रन मात्र बनाउन सक्यो । न्यूजिल्यान्डका लागि मिचेल सेन्टनरले ४ विकेट लिए । साथैं निशमले २ ईश सोढ़ी र टिम साउदीले एक–एक विकेट लिए ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *