महिला फुटबल टिमको मुख्य प्रशिक्षक ग्यारी फिलिप्स नियुक्त

डिसी नेपाल
१३ फागुन २०७७ १८:२२

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकमा ग्यारी फिलिप्सलाई नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले बिहीबार अस्ट्रेलियाका फिलिप्सलाई महिला टिमको मुख्य प्रशिक्षक नियुक्त गरेको जानकारी दिएको छ ।

महिलाको एएफसी एसियन कप छनोट र साफ च्याम्पियनसिपसम्मको लागि एन्फाले फिलिप्सलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको हो । यस अघि फिलिप्स प्राविधिक निर्देशनको रुपमा काम गरिरहेका थिए ।

गत वर्ष नेपालमै आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) पछि महिला टोली प्रशिक्षकविहिन छ । सागको फाइनलमा भारतसँग पराजित भएपछि मुख्य प्रशिक्षक हरि खड्काले पदबाट राजीनामा दिएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *