इंग्ल्याण्डको लज्जास्पद हार

डिसी नेपाल
१३ फागुन २०७७ २०:१९

काठमाडौं । भारतसँगको तेस्रो टेस्टमा पाहुना टोली इंग्ल्याण्डले लज्जास्पद हार ब्यहोरेको छ । अहमदाबादमा भएको खेलमा भारतले इंग्ल्याण्डलाई १० विकेटेले पराजित गरेको हो ।

बुधबार देखि सुरु भएको खेल दोस्रो दिन मै समाप्त भएको हो । इंल्याण्डले दिएको ४९ रनको लक्ष्य भारतले विना विकेट गुमाएर पुरा ग¥यो । भारतको जितमा रोहित शर्माले २५ तथा शुभमन गिलले १५ रन बनाए ।

बुधबार टस जितेर ब्याटिङ गरेको इंग्ल्याण्डले पहिलो पारीमा मात्र ११२ रन बनाएको थियो । त्यसका लागि ज्याक क्रलीले ५३ रन बनाए । भारतका अक्षर पटेलले ६ तथा रवि अश्विनले ३ विकेट लिए ।

भारतले पहिलो पारीमा १४५ रन बनाउँदै ३३ रनको अग्रता बनाएको थियो । भारतका लागि रोहित शर्माले ६६ रन बनाए । इंग्ल्याण्डका जोय रुटले ५ तथा ज्याक लिचले ४ विकेट लिए ।

दोस्रो पारीमा ब्याटिङ गरेको इंग्ल्याण्डले ८१ रन बनाएर भारतलाई ४९ रनको लक्ष्य दिएको थियो । दोसा्रे पारीमा अक्षर पटेलले ५ तथा रवि अश्विनले ४ विकेट लिए ।

जितसँगै भारतले ४ खेलको टेस्ट सिरिजमा २–१ को अग्रता बनाएको छ । भारत पहिलो टेस्टमा २२७ रनले पराजित भएको थियो भने दोस्रो खेलमा ३१७ रनको जित हासिल गरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *