पहाडी भूभागमा माैसममा सामान्य वदली, बाँकीमा माैसम सफा
काठमाडौं । आज देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने माैसम पूर्वानुमान महाशाखाले जनाए छ। महाशाखाका अनुसार देशका केही पहाडी भूभागका केही स्थानमा मेघगर्जन तथा चट्टयाङसहित हल्का वर्षाको सम्भावना पनि रहेकाे छ। बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहने माैसमविद् निराजन सापकाेटाले जानकारी दिए।
उनका अनुसार शनिबार दिउँसो देशका उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना पनि रहेको छ।
पश्चिमी वायुकाे प्रभावका कारण माैसममा सामान्य बदली भएकाे उनले बताए। उनका भने, ‘देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भूभागहरूमा मौसम सामान्यतया सफा रहनेछ।’
माैसम विभागका अनुसार शनिबार राति देशका पहाडी भूभागहरुमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment