सातामा सेयरः किनबेचमा चासो, सिस्टममा गुनासो

उपेन्द्र शाही
१५ फागुन २०७७ ११:०५

काठमाडाैं। यो साता सेयर बजार मापक नेप्से करेक्सन भएको छ। समग्रमा यो साता नेप्से सूचक ८२ दशमलव ५० अंकले घटेको छ। पछिल्लो समय देशमा राजनीतिक अस्थिरता देखिएको छ। सामान्यतया राजनीतिक घटनाक्रमबाट सेयर बजार प्रभावित हुने अनुमान गरिन्छ। नेपालमा भने पछिल्लो समय राजनीतिक घटनाक्रम प्रतिकुल अवस्थामा भए पनि सेयर बजारमा भने खासै प्रभाव परेको देखिदैन्। गत साता मात्रै सेयर बजारले हालसम्मकै उच्च बिन्दु चुमेको थियो।

घट्नु र बढ्नु सेयर बजारको सामान्य प्रक्रिया हो। सर्वसाधारण लगानीकर्ताहरु भने पछिल्लो समय सिर्जित राजनीतिक माहोलबाट शसंकित र चित्तित छन्। उनीहरु सेयर बजारले नकारात्मक दिशा लिने मनस्थितिमा छन्। तर, विश्लेषकहरु भने बजार नीतिगत परिवर्तन वा केही प्रमुख घटनाका कारण तल नझरेको बताउँछन्। उनीहरुले यो करेक्सनलाई स्वभाविक भएको प्रतिक्रया दिएका छन्। बरु, करेक्सनपछि बजार थप बलियो र गतिशील हुने उनीहरुको तर्क छ।

गत साता नेप्से सूचक २६ सय ३६ दशमलव ६८ अंकमा बन्द भएको थियो। सोही विन्दुबाट खुलेको नेप्से सूचक यो साता २५ सय ५४ दशमलव १४ विन्दुमा बन्द भएको छ। नयाँ लगानीकर्ताको प्रवेस बढेको र अन्य क्षेत्रका व्यावसायीहरु पनि सेयर बजारमा केन्द्रित रहेकोले बजार पुँजीकरण भने बढ्दो अवस्थामा छ। यस साता मात्रै बजार पूँजीकरण ३५ खर्ब १९ अर्ब रुपैयाँ भन्दा बढी कायम भएको छ।

यस साता सबैभन्दा धेरै कमाउनेको सूचीमा चन्द्रागिरी हिल्सका लगानीकर्ताहरु अग्रस्थानमा छन्। यस्तै सबैभन्दा धेरै गुमाउनेमा यस साता लाइफ इन्सुरेन्स कर्पोरेसनका लगानीकर्ता रहेका छन्। यस्तै सबैभन्दा धेरै नेपाल इन्फ्रास्टक्चर बैंकको कारोबार भएको छ।

सेयर बजारमा मान्छेहरुको आर्कषण बढ्दो छ। कोभिड १९ प्रभावका कारण अन्य क्षेत्रको व्यापार व्यवसायमा लगानीको वातावरण नहुँदा ठूला लगानीकर्ता सेयर बजारमा सोझिएका छन्। पछिल्लो समय नेपाल इन्फ्रास्टक्चर बैंकले हालसम्मकै ठूलो मात्रामा आइपीयो निश्काषन गर्यो। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार सबैले न्यूनतम ५० कित्ता र गोलाप्रथामार्फत ६० कित्ता सेयर प्राप्त गरे। उक्त कम्पनीको सेयर मूल्य ह्वात्तै बढ्यो।

सेयर बजारमा मान्छेहरुको आर्कषण बढ्दो छ। कोभिड १९ प्रभावका कारण अन्य क्षेत्रको व्यापार व्यवसायमा लगानीको वातावरण नहुँदा ठूला लगानीकर्ता सेयर बजारमा सोझिएका छन्। पछिल्लो समय नेपाल इन्फ्रास्टक्चर बैंकले हालसम्मकै ठूलो मात्रामा आइपीयो निश्काषन गर्यो। धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका अनुसार सबैले न्यूनतम ५० कित्ता र गोलाप्रथामार्फत ६० कित्ता सेयर प्राप्त गरे। उक्त कम्पनीको सेयर मूल्य ह्वात्तै बढ्यो। मान्छे अचम्मै परे। जबकी एकसाताभित्र ५ हजार रुपैयाँ लगानी गर्नेले २५ हजारसम्म नाफा कमाउन पाए। यसको चर्चा ठूला व्यवसायीदेखि चिया पसलसम्म चल्यो। यसकारण पनि सेयर बजारमा नयाँ लगानीकर्ताको आर्कषण बढ्दो छ। यस्तै अनलाइनका माध्यमबाट सेयर खरिद बिक्रीको व्यवस्था गरिनु र बैंकिङ क्षेत्रमा अधिक तरलता भएपछि सेयर बजारमा लगानीको माहोल बनेको छ।

नेप्सेको प्रणालीमा गडबढी देखिएपछि लगानीकर्ताहरु भने आजित बनेका छन्। गत बुधबार प्रणालीमा समस्या आएपछि नेप्सेका सूचांकहरु बिग्रिए। नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को मूल्य केही समयसम्म जिरोमा झर्यो। त्यस्तै नेप्से सूचक पनि करिब ८४ अंकले तल झरेको देखियो। सोही बीचमा नेप्सेले निफ्राको कारोबार रोक्यो। पछि फेरि समस्या समाधान भएको भन्दै कारोबार खुला गर्यो। यसले लगानीकर्तामा अन्योलता त सिर्जना भयो नै साथै सेयर बजार प्रति अशंका पनि बढाएको छ। खासगरि नेप्सेले भोग्दै आएको आरोप इन्साइडर ट्रेडको।

यस्तै नेपाल धितोपत्र बोर्ड अन्र्तगतको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले सञ्चालन गरेको ‘मेरो सेयर’ वेबसाइट र एप शुक्रबार दिनभर ठप्प भएको छ। यसले लगानीकर्ताहरुमा तनाव र सास्ति थप्यो। खासगरि सेयर बेचेकाहरुले सेयर ट्रान्सफर अर्थात इडीआइएस गर्न पाएनन्। टी प्लस टु प्रणाली लागू भएपछि बिक्री गरेको सेयर भोलीपल्टै इडीआइएस गर्नुपर्ने हुन्छ। नत्र क्लोज आउट हुने र २०% जरिवना तिर्नुपर्ने नियम छ।

यस्तै बोर्डले आइपीओ रिजल्ट अनलाइन न्यूज पोर्टलहरुबाट हेर्न बन्देज त लगायो तर, हेर्न मिल्ने भनिएका वेबसाइटहरु दिनभरजसो खुलेनन्। शुक्रबार बाँडफाँड भएको महिला लघुवित्तको आइपीयो रिजल्ट बिहान ८ बजे नै हेर्न सकिने बताईएको थियो। तर, मेरो सेयर, बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ र महिला लघुवित्त यी तीनवटै संस्थाको वेबसाइट दिनरभर खुलेन। यस विषयमा सामाजिक सञ्जालमा व्यापक गुनासो आएको छ। यसतर्फ सम्बन्धित निकायको बेलैमा ध्यान जानु आवश्यक छ।

साताको पहिलो दिन आइतबार नेप्से सूचक ३ दशमलव ६६ अंकले बढेको थियो। उक्त दिन २ करोड ४३ लाखभन्दा बढी कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।

साताको पहिलो दिन आइतबार नेप्से सूचक ३ दशमलव ६६ अंकले बढेको थियो। उक्त दिन २ करोड ४३ लाखभन्दा बढी कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ८३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।

यस्तै साताको दोस्रो दिन सोमबार नेप्से सूचक ३२ दशमलव ६७ अंकले घट्यो। २ करोड १६ लाख भन्दा बढी कित्ता सेयर खरिदबिक्री हुँदा ८ अर्ब ४० करोड रुपैयाँभन्दा बढीको कारोबार भएको थियो।
साताको तेस्रो दिन मंगलबार नेप्से सूचक २१ दशमलव १६ अंकले घट्यो। त्यस दिन १ करोड ७७ लाख १४ हजारभन्दा बढी कित्ता सेयर खरिद बिक्री हुँदा ८ अर्ब ५६ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो।

यस्तै साताको चौथो दिन बुधबार नेप्से सूचक १२ दशमलव ५६ अंकले बढ्यो। १ करोड ६७ लाख २६ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ। बुधबार २ सय ४ कम्पनीको १ करोड ६७ लाख २६ हजार बढी कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ७० करोड १८ लाख भन्दा धेरै रकमको कारोबार भयो।
साताको कारोबारको अन्तिम दिन बिहीबार नेप्से सूचकमा भारी अन्तरले गिरावट आयो। नेप्से सूचक ४४ दशमलव ९४ अंकले घट्यो। १ करोड ५८ लाख ५६ हजारभन्दा बढी कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ९ करोड रुपैयाँ बढीको कारोबार भयो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *