एसी मिलानद्वारा रोमा पराजित
एजेन्सी। इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलान विजयी भएको छ । आइतबार राति भएको खेलमा रोमालाई २–१ गोलले हराउँदै उपाधि दाबेदार मिलान विजयी भएको हो ।
मिलानका लागि फ्रान्क केसी र एन्ट रेबिकले एक–एक गोल गरेका थिए। यस्तै रोमाका जोर्डन भेरेटआउटले एक गोल फर्काएका थिए ।
खेलको ४३औँ मिनेटमा मिलानका फ्रान्कले पेनाल्टीमार्फत गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । तर ५०औँ मिनेटमा रोमाका जोर्डनले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए।
त्यसपछि ५८औँ मिनेटमा मिलानका रेबिकले गोल गर्दै टोलीलाई २–१ गोलको जित दिलाए।
यो जितसँगै मिलान २४ खेलबाट ५२ अंकका साथ दोस्रो स्थानमा यथावत छ। शीर्ष स्थानको इन्टर मिलानको ५६ अंक छ । यस्तै पराजित भएको रोमा ४४ अंकसहित पाँचौं स्थानमा छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment