मेयर कपका लागि काठमाडौं मेयर–११ को टिम घोषणा

डिसी नेपाल
१७ फागुन २०७७ १७:२८

काठमाडौं । पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताका लागि काठमाडौं मेयर–११ को टिम घोषणा भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार प्रेस विज्ञप्ति निकाल्दै काठमाडौं मेयर–११ को टिम घोषणा गरेको हो ।

क्यानले घोषणा गरेको टिममा सिद्धान्त लोहनी,विवेक यादव, अर्जुन कुमाल,सौरभ खनाल,बिक्रम भुसाल, अनुज चुनारा,रविन्द्र जंग शाही र नारायण जोशी रहेका छन् ।

यस्तै टिममा हरि शंकर शाह,विपिन खत्री,कृष्ण कार्की,अनिल खरेल,सन्दीप रजाली, विपिन रावल र कदक बहादुर बोहरा रहेका छन् । क्यानले प्रदेश प्रदेश १, प्रदेश २, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका खेलाडी समेटेर टिम घोषणा गरेको हो ।

टियु क्रिकेट मैदान र मुलपानी क्रिकेट मैदानमा आयोजना हुने प्रतियोगितामा पाँच टिमको सहभागिता रहने छन् । प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा पुगेका त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशको सहभागिता रहेको छ ।

फागुन २२ गतेबाट सुरु हुने प्रतियोगिता २९ गतेसम्म चल्नेछ । राउण्ड रोबिनको आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टिमले उपाधिको लागि खेल्ने छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *