बार्सिलोनाका पूर्व अध्यक्ष पक्राउ

डिसी नेपाल
१७ फागुन २०७७ २०:१४

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाका सीईओ तथा पूर्व अध्यक्ष जोसेप मारिया बार्टोमेउ पक्राउ परेका छन् । गैरकानुनी कार्यमा संलग्न रहेको भन्दै स्पेनको प्रहरीले बार्टोमेउलाई पक्राउ गरेको मिररले जनाएको छ ।

बार्टोमेउमाथि क्लबका अध्यक्ष भएको समयमा उनले गैरकानुनी कार्य गरेको आरोप छ । प्रहरीले बार्टोमेउसँगै क्लबका सीईओ ओस्कार र कानुनी अधिकृत रोमनलाई समेत पक्राउ गरिएको बताईएको छ ।

प्रहरीले बार्सिलोनाको कार्यालयमा छापा मारेको समेत बताईएको छ । बोर्टेमोउले गत वर्ष बोर्ड अफ डाइरेक्टरबाट राजीनामा दिएका थिए ।

कप्तान लियोनल मेस्सीसँग विवाद चुलिएपछि उनले बोर्डबाट राजीनामा दिएका हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *