स्वास्थ्यसम्बन्धी जानकारी दिन स्वयंमसेविकालाई साइकल वितरण

डिसी नेपाल
१८ फागुन २०७७ ११:४५

सप्तरी । स्वास्थ्य स्वयमसेविकालाई स्वास्थ्यसम्बन्धी जानकारी दिन र सेवा गर्न सजिलोको लागि सप्तरीको कञ्चनरुपमा साइकल वितरण गरिएको छ।

कञ्चनरुप नगरपालिका–८ द्वारा नौ महिला स्वयमसेविकालाई साइकल वितरण गरिएको हो। विभिन्न स्वास्थ्यसम्बन्धी कार्य गर्दा सूचना र सेवाको सजिलोका लागि प्रत्येक महिला स्वयमसेविकालाई एकएक थान साइकल उपलब्ध गराइएको वडाध्यक्ष राजकुमार साहले बताए।

महिला स्वास्थ्य स्वयमंसेविकाले स्वास्थ्य क्षेत्रमा अहोरात्र योगदान पुर्‍याउँदै आएको र अझ थप स्वास्थ्य क्षेत्रमा सेवा गर्न सहज होस् भन्ने उद्देश्यले वडा कार्यालयको तर्फबाट साइकल वितरण गरिएको वडाध्यक्ष साहले जानकारी दिए।

स्वास्थ्य क्षेत्रको विकास र सुधार नभएसम्म मानव जीवनमा विभिन्न खाले समस्या आउने हुँदा स्वास्थ्य क्षेत्रलाई सबै मिलेर प्रभावकारी बनाउनुपर्ने नगर प्रमुख वसन्त मिश्रले बताए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *