‘प्रदेश गौरव भिलेज’ को उद्घाटन प्रधानमन्त्रीबाट

डिसी नेपाल
१८ फागुन २०७७ १५:४१

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले ‘प्रदेश गौरव भिलेज’ को उद्घाटन गरेका छन्। प्रधानमन्त्री आलीले मंगलबार झापाको बिर्तामोड नगरपालिकामा विपन्न तथा आदिवासी समुदायका लागि निर्मित ‘प्रदेश गौरव भिलेज’ को उद्घाटन गरेका हुन्।

बिर्तामोड–७ मा निर्मित सो ‘भिलेज’ मा ३७ आवासगृह छन्। भद्रपुरका धनजुजु श्रेष्ठ र कमला श्रेष्ठले निःशुल्क प्रदान गरेको एक बिघा तीन कठ्ठा जग्गामा प्रदेश नम्बर १ सरकार, नगरपालिका, ह्याबिटाट नेपाल र सहारा नेपालको १४ करोड ८० लाख लागतमा ग्राम निर्माण गरिएको थियो।

उक्त अवसरमा बोल्दै प्रधानमन्त्री ओलीले मुलुकमा घरबारविहीन कोही हुनु नपर्ने जनाउँदै देशभर फुसको छानारहित घर निर्माणमा सरकारले सहयोग गर्ने आश्वासन दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *