लिभरपुलका पूर्व स्ट्राइकर इयान सेन्ट जोन्सको निधन

डिसी नेपाल
१८ फागुन २०७७ १६:०७

काठमाडौं। प्रिमियर लिग क्लव लिभरपुर र स्कटल्याण्डका पूर्व स्ट्राइकर इयान सेन्ट जोन्सको निधन भएको छ । जोन्सको ८२ वर्षको उमेरमा निधन भएको हो । एनफिल्डमा १९६३–६४ र १९६५–६६ को सिजनमा २ पटकसम्म फर्स्ट डिभिजनको उपाधि जितेका जोन्सले १९६५ को एफए कपको फाइनलमा पनि विजयी गोल गरेका थिए ।

उनले स्कटल्याण्डको प्रतिनिधित्व गर्दै २६ खेल खेलेका थिए । लिभरपुलले जोन्सको सोमबार बेलुकी निधन भएको जानकारी दिएको छ । लिभरपुलले ट्वीट गर्दै लेखेको छ ‘एक सच्चा एनफिल्ड लिजेन्ड एयान सेन्ट जोनको निधनले हामी अत्यन्तै दुखी भएका छौं । दुखको यो समयमा लिभरपुल फुटबल क्लवका हामी सबै इयानको परिवार र मित्रहरुको साथमा छौं ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *