मेयर कपको खेल तालिका सार्वजनिक

डिसी नेपाल
१८ फागुन २०७७ १६:१२

काठमाडौं । पहिलो संस्करणको काठमाडौं मेयर कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले मंगलबार खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी क्लब र एपीएफ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

फागुन २२ गते हुने उद्घाटन खेल टियु क्रिकेट मैदानमा हुनेछ । त्यहि दिन मुलपानी क्रिकेट मैदानमा नेपाल पुलिस क्लब र बागमती प्रदेशबीच खेल हुनेछ ।

फागुन २९ गतेसम्म चल्ने प्रतियोगितामा प्रधानमन्त्री कप क्रिकेटको सेमिफाइनलमा पुगेका त्रिभुवन आर्मी क्लब, एपीएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेशको सहभागिता रहेको छ । एक टिम काठमाडौं मेयर–११ रहेको छ ।

खेल तालिका




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *