भन्सार छली गर्ने दुई पक्राउ

डिसी नेपाल
१८ फागुन २०७७ २३:२३

काठमाडौं । प्रहरीले भन्सार छली ल्याएको झण्डै रु तीन लाख मूल्य बराबरको कपडासहित आज दुईलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी प्रभाग नागढुङ्गाको टोलीले काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ स्थित सुरक्षा चौकीमा सवारी साधान जाँच गर्दा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा छुन्ता गुरुङ र गोपी लामा रहेका छन् ।

सुनौलीबाट काठमाडौँ आउँदै गरेको बा ५ ख १२३५ नम्बरको बस जाँच गर्ने क्रममा रु दुई लाख ७० हजार मूल्य बराबरको १३५ थान कपडा फेला पारी बरामद गरिएको र सोधखोज गर्दा उक्त कपडा उनीहरूले ल्याएको खुल्न आएको छ । सोही गाडीमा सवार रहेका बेला दुवै पक्राउ परेका हुन् ।

दुवैलाई थप अनुसन्धान तथा कारवाहीका लागि आजै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय काठमाडौँ पठाइएको महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले जानकारी दिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *