जंगी अड्डामा आजदेखि पृतनापति समन्वयात्मक बैठक

डिसी नेपाल
१९ फागुन २०७७ १०:३६
60
Shares

काठमाडौं। नेपाली सेनाले सैनिक मुख्यालय जंगी अड्डामा बुधबारदेखि पृतनापति समन्वयात्मक बैठक गर्दैछ। महाशिवरात्रि तथा सेना दिवसको पूर्वसन्ध्यामा हुन लागेको उक्त बैठकमा पृतनापतिबाट आफ्नो जिम्मेवारी क्षेत्रमा सुरक्षाको वर्तमान वस्तु स्थिति प्रतिवेदन पेश हुने सैनिक जनसम्पर्क सूचना निर्देशनालयले जनाएको छ।

महानिर्देशनालय र विभागीय प्रमुखबाट आन्तरिक सुदृढीकरणको क्षेत्रमा भएरगरेका कार्यबारे प्रस्तुतीकरण एवं छलफल हुनेछ । सेनाले वार्षिक रुपमा दुई पटक पृतना बैठक गर्दै आएको छ। सेनाका सातै प्रदेशमा एक–एक तथा काठमाडौँ उपत्यकामा एक पृतना छ। सेनाको पृतनाको नेतृत्व उपरथीबाट हुँदै आएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *