कांग्रेसले बोलायो संसदीय दलको बैठक
काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। कांग्रेसले आगामी शुक्रबार दिउँसो १ बजे संघीय संसद भवन नयाँबानेश्वरस्थित ल्होत्से हलमा बैठक आह्वान गरिएको हो।
सर्वोच्च अदालतले फागुन ११ गते संसद पुनःस्थापना गरेपछि फागुन २३ गते गते संसद बैठक बस्दैछ। संसद अधिवेशनमा प्रधानमन्त्री विरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने चर्चा चलिरहेका बेला कांग्रेसले संसदीय दलको बैठक बोलाएको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment