भारत विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा

डिसी नेपाल
२२ फागुन २०७७ १६:३४

काठमाडौं । इंग्ल्यान्डविरुद्धको टेस्ट सिरिज भारतले जितेको छ । शनिबार चौंथो तथा अन्तिम टेस्टमा इंग्ल्यान्डमाथि एक इनिङ्स र २५ रनको जित निकाल्दै भारतले ३–१ ले सिरिज जितेको हो ।

यस जितसँगै भारत आईसीसी विश्व टेस्ट च्याम्पियनसिपको फाइनलमा समेत पुगेको छ । अब भारतले टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्याण्डसँग खेल्नेछ ।

शनिबार इंग्ल्यान्ड दोस्रो इनिङ्समा १ सय ३५ रन जोड्दा अलआउट भएपछि भारतले एकै इनिङ्समा जित निकालेको हो । इंग्ल्यान्डका लागि दोस्रो इनिङ्समा डान लरेन्सले ५० रनको अर्धशतकीय इनिङ्स खेले । कप्तान जोय रुटले ३० रन बनाए । भारतका अक्षर पटेल र रविचन्द्र आश्विनले ५/५ विकेट लिए ।

यस अघि भारतले पहिलो इनिङ्समा अलआउट हुँदै ३ सय ६५ रन बनाएको थियो । भारतका ऋषव पन्तले १ सय १ रनको शतकीय इनिङ्स खेले । रोहित शर्माले ४९ रन जोड्दा कप्तान विराट कोहली सुन्य रनमा आउट भए । यस्तै वासिंगटन सुन्दर ९६ रनमा अविजित रहे । अक्षर पटेलले ४३ रन बनाए ।

इंग्ल्यान्डका बेन स्टोक्सले ४ विकेट लिए । जेम्स एण्डरसनले ३ तथा ज्याक लिचले २ विकेट लिए । इंग्ल्यान्ड पहिलो इनिङ्समा २ सय ५ रन जोड्दा अलआउट भएको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *