महिलामाथि हिंसा र विभेद हुनु असभ्यता हो : प्रधानमन्त्री ओली

डिसी नेपाल
२४ फागुन २०७७ १३:४५

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महिलामाथि हुने विभेद र अपमान असभ्यताको पराकाष्ठा भएको बताएका छन्। १११औं अन्तराष्ट्रिय महिला दिवको अवसरमा महिला मन्त्रालयद्वारा आयोजित कार्यक्रममा सम्बोधन गर्दै उनले असभ्य व्यक्तिले मात्र महिलामाथि शोषण दमन गर्ने गरेको बताए।

उनले भने, ‘महिला माथिको विभेद, अपमान, अन्याय शोषण असभ्यताबाट पैदा हुने हुन। अपराधसम्म पुग्छन्। कसैले पनि महिलालाई अपमान गर्न भने फौजदारी अपराध गरिरहेको हुन्छ।’

संस्कृतको श्लोक सुनाउँदै प्रधानमन्त्रीले जहाँ नारीको पूजा गरीन्छ त्यहाँ देवता रमाउछन् भन्ने सभ्यताको समाज भएको बताए। उनले भने, ‘ डिग्रीधारी हुन सक्छ, ओहोदाधारी हुनसक्छ, तर मती धारण र सभ्यता धारण गर्न सकेको छैन भने के धारण, यो असभ्यता हो । असभ्य व्यवहार गर्नु अपराध हो। असभ्यता र अपराधको अन्य गर्नु पर्छ, नमान्नेलाई दण्ड हुन्छ।’

पूर्वीय सभ्यतामा महिलाको नामबाट संन्तानको नाम राख्ने गरेको उनले जिकिर गरे। महाभारतमा कुन्तिपुत्र अर्जुन भन्ने सभ्यता पूर्वीय सभ्यतामा भएको उल्लेख गरे।

प्रधानमन्त्री ओलीले २००८ सालमा नेपाली महिलाहरुले मतदान गरेको स्मरण गर्दै नेपालभन्दा १३ वर्षपछिमात्र महिलाले मतदानको अधिकार पाएको बताए।

‘सिंगै समाजमा सामाजिक न्याय र समानताको चेतना हुनु पर्छ।’ प्रधानमन्त्री ओलीले भने, ‘कसैमाथि पनि हिंसा हुनु हुँदेन। कसैलाई पनि अपमान गरिनु हुँदैन । शोषण गरिनु हुन्दैन। भिन्नता हुन्छ भेदभाव हुनु हुदैन। भिन्न ता र भेदभाव फरक छन्।’

दुनियाका कम देशहरुमा मात्र ४० प्रतिशत भन्दा बढी महिलाको सहभागिता नभएको प्रधानमन्त्रीले जिकिर गरे। यो नेपालको सफलता भएको प्रधानमन्त्री ओलीको भनाइ थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *