उदाहरणीय महिला, चुलोचौकोदेखि नेतृत्वसम्म

डिसी नेपाल
२४ फागुन २०७७ १७:००

काठमाडौं। मार्च ८ अर्थात् अन्तर्राष्ट्रिय नारी दिवस। १११औँ अन्तर्राष्ट्रिय नारी दिवस। नेपालमा ‘महिलाको सुरक्षा, सम्मान र रोजगार समृद्ध नेपालको आधार’, भन्ने नारासहित विभिन्न कार्यक्रम गरी मनाइएको छ।

नेपालको संविधानमा मौलिक हकअन्र्तगत धारा ३८ मा महिलाको हकको व्यवस्था गरिएको छ। राज्यको हरेक निकायमा महिलालाई समानुपातिक समावेशी सिद्धान्तका आधारमा सहभागी हुन पाउने अधिकार सुनिश्चित गर्नुका साथै सम्पत्ति तथा पारिवारिक मामिलामा दम्पतीको समान हकको व्यवस्था गरिएको छ। मुलुक संघीय गणतन्त्रमा गएसँगै महिलाहरुको धेरै मौलिक हक सुनिश्चित भएको छ।

यस नारी दिवसको अवसरमा केही सफल नेपाली महिलाहरुको बारेका कुरा गर्नुपर्दा सर्वप्रथम राष्ट्रपति विद्यादेवी भण्डारीको चर्चा नगर्नु अन्याय हुन्छ। संघीय गणतन्त्र नेपालको पहिलो राष्ट्रपति विद्यादेवी भण्डारीको जन्म वि.सं.२०१८ साल असार ५ गते भोजपुरको मानेभञ्याङ गाउँमा भएको हो। उनी आमा मिथिला पाण्डे र बुवा स्व.रामबहादुर पाण्डेका जेष्ठ सन्तान हुन्।

सामान्य किसान परिवारमा जन्मेर राष्ट्रपति जस्तो गरिमामय जिम्मेवारीमा पुग्न सफल भण्डारीले विद्यालय र क्याम्पसको शिक्षा क्रमशःभोजपुर र मोरङबाट गरेकी हुन्। गणतन्त्र नेपालको दोस्रो राष्ट्रपतिमा निर्वाचित हुनु पूर्व उनी एक राजनीतिज्ञ तथा तत्कालिन नेकपा (एमाले)की उपाध्यक्ष तथा अखिल नेपाल महिला संघको अध्यक्ष थिइन्।

राष्ट्रपति भण्डारी कम्युनिष्ट नेता स्व.मदन भण्डारीकी धर्मपत्नी हुन्। तत्कालिन एमालेमा सकिृय राजनीति गर्दा उनी नेपाल सरकारको जनसङ्ख्या, वातावरण तथा रक्षामन्त्रीसमेत भइसकेकी छन्। उनलाई विश्वप्रसिद्ध पत्रिका फोब्र्सले वर्ष २०१६ को शक्तिशाली महिलाहरुमध्ये ५२औँ स्थानमा सूचिकृत गरेको थियो।

छापामारबाट सभासद्, मन्त्री, उपसभामुख हुँदै सार्वभौम संसदको पहिलो महिला सभामुख ओनसरी घर्तीको जन्म २०३४ कात्तिक २८ गते रोल्पाको जंकोट–१ माडी चौरमा भएको हो। तत्कालिन एकिकृत नेकपा माओवादीको तर्फबाट महिला जनजातीको प्रतिनिधित्व गर्ने ओनसरी घर्तीको भूमिगत नाम उषा हो।

रोल्पाको निम्न मध्यम वर्गिय परिवारमा जन्मिएकी घर्ती मगरले औपचारिक रुपमा माध्यमिक तहसम्मको अध्ययन पूरा गरेकी छन्। २०४६ सालदेखि राजनीतिमा लागेकी घर्ती मगर माओवादीले गठन गरेको पहिलो सुरक्षा दलमा रोल्पाको चार जना महिलामध्ये एक हुन्। संविधानसभा निर्वाचनमा रोल्पा क्षेत्र नम्बर २ बाट निर्वाचित भएकी थिइन्। उपसभामुख हुँदै सभामुखसम्मको जिम्मेवारी सम्हालेकी घर्ती नेकपाको प्रदेश ५ को अध्यक्ष पनि हुन्।

सुशिला कार्की सर्वोच्च अदालतको पूर्व प्रधानन्यायधीश तथा प्रथम महिला प्रधानन्यायधीश हुन्। उनको जन्म वि.सं.२००९ जेठ २५ गते शङ्रपुर विराटनगरमा भएको हो। कार्की न्यायपालिकामा भ्रष्टचारविरुद्ध शून्य सहिष्णुताको लागी परिचित छिन्। उनी आफ्नो पितामाताको सात सन्तान मध्ये ज्येष्ठ सन्तान हुन्। उनको परिवार विराटनगरस्थित विपी कोईरालाको परिवारसंग नजिक थियो। वनारस हिन्दु विश्व विद्यालय वाराणसीमा अध्ययनरत रहँदा नेपाली कांग्रेसका तत्कालीन युवा नेता दुर्गाप्रसाद सुवेदीसंग भेट भई उनले प्रेम विवाह गरिन्।

कार्कीले बनारस हिन्दु विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा एम.ए. गरेकी छन्। उनले वर्ष १९७८ मा त्रिविबाट कानुनमा स्नातकोत्तर गरेकी छन्। उनले न्यायधीश हुँदा थुपै्र चर्चित मुद्दाहरु फैसला गरेकी थिइन्। साधारण जिवनशैली रहेको शुशीला कार्कीलाई भ्रष्टचारमा शून्य सहनशीलता अपनाउने न्यायधिशका रुपमा चिनिन्छ।

अनुराधा कोइराला चर्चित समाजसेवी तथा माईती नेपालकी संस्थापक अध्यक्ष हुन्। उनको जन्म सन् १९४९ अप्रिल १४ रुम्जटार ओखलढुङ्गामा भएको हो। उनले आफ्नो माईती नेपाल नामक गैर सरकारी संस्थामार्फत बेचिएका चेलीबेटीको उद्धार गर्दै आएकी छन्।

खासगरी भारतीय कोठीहरुमा बेचिएर नारकीय जीवन बिताउन बाध्य भएका चेलीबेटीहरुको उद्धार तथा पुनःस्थापनामा कोइरालाको संस्था क्रियाशील छ। उनले सन् २०१० मा सि.एन.एन. हिरोको उपाधीसमेत जितेकी थिइन्। उनले क्यालिफोर्नियाको लस एन्जलसमा सि.एन.एन हिरो जितेकी हुन्। उनले पद्मश्री जस्ता विभुषण पनि जितेकी छन्।

राजाले प्रत्यक्ष शासन हात लिएको बेलामन्त्रीसमेत बनेकी कोइरालालाई २०७४ माघ ३ गते बसेको मन्त्रीपरिषद्को बैठकले बागमती प्रदेशको प्रमुखमा कोइरालालाई नियुक्ति गरेको थियो। तर, ०७६ कात्तिक ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले कोइरालालगायत सात ओटै प्रदेशका प्रमुखलाई प्रदेश प्रमुखबाट मुक्त गरी नयाँ चयन गरेकी थिइन्।

पम्फा भुसाल, बामपन्थी बाहुल्य जिल्ला भनेर चिनिने अर्घाखाँचीको सन्धीखर्कमा २०१९ सालमा जन्मिएका हुन्। आठ कक्षा पढ्दा पढ्दै भूमिगत विद्यार्थी संगठन अनेरास्ववियुको सदस्यता लिएकी भुुसालले पुल्चोक इन्जिनियरिङ शंकरदेव हुँदै त्रिविबाट समाजशास्त्रमा स्नातकोत्तर गरेकी छन्। राजनीतितर्फ कम्युनिष्ट पार्टी चौथो महाधिवेशन पार्टी सदस्य, एकता केन्द्र हुँदै तत्कालिन माओवादी केन्द्रको प्रवक्ता भएकी थिइन् ।

पहिलो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत ललितपुर ३ बाट विजयी संविधानसभा सदस्य भुुसाल प्रतिनिधिसभा निर्वाचन २०७४ मा पनि ललितपुर ३ बाट विजयी सांसद हुन्।

सुजता कोइराला, पूर्व उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री हुन्। उनी पूर्व प्रधानमन्त्री स्व.गिरिजाप्रसाद कोइराला तथा सुष्मा कोइरालाकी एक मात्र सन्तान हुन्। उनी नेपालको लोकतान्त्रिक आन्दोलनको नायक नेपाली कांग्रेसको संस्थापक विपी कोइरालाकी भतिजी हुन्। राजनीतिक पृष्ठभूमीमा जन्मेकी कोइराला माधवकुमार नेपाल प्रधानमन्त्री हुँदा परराष्ट्रमन्त्री सम्हालेकी उनी हाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य छिन्।

रुवी राणा, सन् १९९४ मा भएको नेपालको सौन्दर्य प्रतियोगीता उपाधि विजेता प्रथम मिस नेपाल हुन्। उनको जन्म सन् १९७३ सेप्टेम्बर २२ का दिन विरगञ्जमा भएको हो। ऐतिहासिक उपाधि जितेकी राणा नेपालको सौन्दर्य इतिहासमा जिवन्त रहने नाम हो। उनको विवाह २०५२ साल फागुनमा प्रजय विक्रम शाहसंग भएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *