आइपिएलमा १० टिम हुने, २ टिमको लिलामी गरिने

डिसी नेपाल
१ चैत २०७७ ९:४२

काठमाडौं। इण्डियन प्रिमियर लिगमा १० टिम हुने भएका छन् । अहिले ८ टिम भएको लिगमा २ टिम थप्न लागिएको हो । भारतीय क्रिकेट बोर्ड बीसीसीआइले आगामी २०२२ को सिजनको लागि १० टिम बनाउने निर्णय गरेको हो । २०२१ मा भने ८ टिम नै हुनेछन् जसको तालिकासमेत सार्वजनिक भइसकेको छ ।

बीसीसीआइले २०२२ को सिजनको लागि २ नयाँ टिम थप्नेछ । यी दुई टिमको स्वामित्वको लागि बीसीसीआइले आगामी मे महिनामा लिलामी गर्ने निर्णय गरेको छ । बीसीसीआइ अध्यक्ष सौरभ गांगुली, सचिव जय शाहसहित बीसीसीआइका शीर्ष अधिकारीहरुले एक बैठकमा यस्तो निर्णय गरेका हुन् । यो वर्षको सुरुवातमा आइपिएल संचालन समितिले अनुमोदन गरेको विभिन्न नीतिगत निर्णयमाथि विचार गर्नको लागि शनिबार बैठक बसेको थियो ।

बीसीसीआइका एक अधिकारीले समाचार एजेन्सी पीटीआइसँग कुरा गर्दै भने ‘अर्को वर्षदेखि आइपिएलमा १० टिम हुनेछन् । यस वर्ष मे महिनासम्म नयाँ फ्रेन्चाइजको लिलामी प्रक्रिया र यससम्बन्धी अन्य कुराहरुलाई अन्तिम रुप दिइनेछ । एक पटक टिमहरु तय भएपछि उनीहरुले आफ्नो परिचालन कार्य सुरु गर्न सक्नेछन् जसमा निकै समय लाग्छ ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *