नेपाल सुपर लिगको टिम घोषणा

डिसी नेपाल
१ चैत २०७७ १८:२६

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) फुटबलमा सहभागी फ्रेन्चाइज टिम र टिम मालिकको घोषणा भएको छ । आयोजक नेपाल स्पोर्टस म्यानेजमेन्टले आइतबार पत्रकार सम्मेलन गर्दै फ्रेन्चाइज टिम र टिम मालिकको घोषणा गरेको हो । पहिलो संकरणको लिगमा ७ फ्रेन्चाइज टिमको सहभागिता रहने छ ।

लिगमा विराटनगर सिटी फुटबल क्लब, काठमाडौं रेजर्स फुटबल क्लब, ललितपुर सिटी फुटबल क्लब, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी एफसी र धनगढी एफसीले प्रतिस्पर्धा गर्ने छन् ।

विराटनगरका टिम मालिक अनुप रन्जन भट्टराई, काठमाडौंका टिम मालिक चिरन्जिबी शाह, ललितपुरका टिम मालिक कामना गुरुङ, चितवनका टिम मालिक चन्द्र ढकाल, पोखराका टिम मालिक निराकार श्रेष्ठ, बुटवलका टिम मालिक राजकुमार तिमल्सिना र धनगढीका टिम मालिक सुवास शाही रहेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आयोजना हुने लिग बैशाख ११ गतेदेखि २५ गतेसम्म सञ्चालन हुनेछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा हुने लिग राउण्ड रोबिनको आधारमा कुल १९ खेल हुनेछ ।

टिममा स्वदेशी र विदेशी खेलाडी राख्न पाइनेछ । खेलाडीको छनोट अक्सनबाट हुनेछ । अक्सनबाट हरेक टिमले विभिन्न श्रेणीबाट २० खेलाडी छनोट गर्नु पर्नेछ । लिगमा एक टिमले ३ विदेशी खेलाडी राख्न पाउने छन् । यस्तै दुई खेलाडीले प्लेईङ सेटमा रहेर खेल्न पाउने छन् । प्रतियोगिताको उपाधि विजेताले पाउने रकम भने पछि सार्वजनिक गरिने आयोजकले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *