भारतको सहज जित, डेब्यू खेलमा ईशानको आक्रामक अर्धसतक

डिसी नेपाल
१ चैत २०७७ २३:०३

काठमाडौं । ईंग्ल्याण्डसँगको दोस्रो टी२० खेलमा भारतले सहज जित हात पारेको छ । नरेन्द्र मोदी क्रिकेट स्टेडियम अहमदाबादमा भएको खेलमा भारत ७ विकेटले विजयी भएको हो ।

आइतबार ईंग्ल्याण्डले दिएको १६५ रनको विजयी लक्ष्य भारतले १३ बल बाँकी छदैँ ३ विकेट गुमाएर परा ग¥यो । भारतका लागि टी२० मा डेब्यु गरेका ईशान किसानले आक्रामक ब्याटिङ गरे । उनले ३२ बलमा ५ चौका र ४ छक्का प्रहार गर्दै ५६ रन बनाएर आउट भए । यस्तै कप्तान विराट कोहलीले शानदार ब्याटिङ गर्दै ४९ बलमा ७३ रन बनाएर नटआउट रहे । उनले ५ चौका र ३ छक्का प्रहार गरे । ऋषभ पन्तले २६ रन बनाए । अर्का डेब्यू खेलाडी सुर्यकुमार यादवले भने ब्याटिङको मौका पाएनन् । इंग्ल्याण्डका शाम करन, क्रिश जोर्डन र आदिल रसिदले १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको ईंग्ल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गमाएर १६४ रन बनाएको थियो । त्यसका लागि जेसन रोयले ४६ रन बनाए । यस्तै कप्तान इयोन मोर्गनले २८ रन बनाउँदा डेविड मलान र बेन स्टोक्सले समान २४ तथा जोनी बेयरस्टोले २० रन बनाए । भारतका वाशिंटन सुन्दर र शार्दुल ठाकुरले २/२ विकेट लिए ।

जितसँगै भारतले ५ खेलको सिरिजमा १/१को बराबरी गरको छ । पहिलो खेलमा ईंग्ल्याण्ड ८ विकेटले विजयी भएको थियो । अब भारत र ईंग्ल्याण्डबीचको तेस्रो खेल मंगलबार हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *