अफगानिस्तानका कप्तान असगर धोनी भन्दा अगाडि निस्कने सम्भावना

डिसी नेपाल
२ चैत २०७७ ११:५३

काठमाडौं । अन्तराष्ट्रिय क्रिकेटबाट सन्यास लिई सकेका भारतीय पूर्व कप्तान महेन्द्र सिंह धोनी अहिले पनि टि–२० अन्तराष्ट्रियमा विश्वकै सफल कप्तानको रुपमा रहेका छन । उनको कप्तानीमा भारतले खेलको ७२ खेल मध्ये ४१ मा जित हात पारेको छ । तर धोनीको उक्त किर्तिमान टुटने सम्भावना रहेको छ । अफगानिस्तान कप्तान असगर अफगान यो महिनामै धोनी भन्दा अगाडी निस्कने सम्भावना देखिएको छ ।

असगरले अहिलेसम्म ४९ खेलमा अफगानिस्तान लागि कप्तानी गरेका छन । जसमध्ये ३९ खेलमा उनले जित हात पारेका छन । अफगानिस्तानले युएईमा १७ मार्च देखि जिम्बाबे विरुद्व तिन खेलको टि–२० सिरिज खेल्दै छ । यदि अफगानिस्तानले यो सिरिज क्लीन स्वीप गरेको खण्डमा असगर विश्वकै सबैभन्दा सफल टि–२० अन्तराष्ट्रिय कप्तान बन्ने छन ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *