क्रिकेटर जसप्रित बुमराहले गरे बिहे

डिसी नेपाल
२ चैत २०७७ १६:३०

काठमाडौं। क्रिकेटर जसप्रित बुमराहले बिहे गरेका छन् । सोमबार स्पोर्ट एंकर संजना गणेशनसँग जसप्रितको विवाह भएको हो । गोवामा निकै नजिकका सीमित पाहुनाको उपस्थितिमा उनीहरुको बिहे भएको हो । सूत्रका अनुसार बिहेअघिका सबै परम्परा आइतबार नै पूरा भइसकेका थिए । निकै खास पाहुनामात्र विवाहमा सहभागी थिए र पाहुनालाई मोवाइल फोन लैजान पनि अनुमति थिएन ।

एक समाचार च्यानलका अनुसार बिहेमा केवल २० जना सहभागी भएका थिए । महामारीका कारण धेरै पाहुनालाई निम्ता गरिएको थिएन । इङल्याण्डविरुद्ध चौथो टेस्टपछि अचानक विदा लिएपछि बुमराहको बिहेको चर्चा चल्न थालेको थियो । पहिले उनको बिहे दक्षिण भारतकी एक अभिनेत्रीसँग जोडियो । पछि संजनासँग बिहे हुन लागेको खबर आयो । मिडियामा आएका हल्लाबारे बुमराहलगायत कसैले केही बोलेका थिएनन् । एकैपटक बिहेपछि बुमराह स्वयंले तस्वीर शेयर गरेका हुन् ।

 

View this post on Instagram

 

A post shared by jasprit bumrah (@jaspritb1)

बुमराह र संजनालाई व्यवसायिक रुपमा खेल मैदानमा बाहेक अन्यत्र साथमा देखिएको थिएन । यसअघि कुनै मिडिया रिपोर्टमा उनीहरुको प्रेम सम्बन्धको खबर पनि आएको थिएन । सबैभन्दा पहिले स्पोर्टसकीडामा उनहिरुको बिहेको खबर आएको थियो । २८ वर्षकी संजना एक स्पोर्ट एंकर तथा प्रिजेन्टर हुन् । पछिल्लो समय उनी कैयौं प्रतियोगितामा देखिएकी थिइन् । उनी आइपिएलमा सक्रिय रहनुका साथै स्टार स्पोर्टस च्यानलमा आबद्ध छिन् ।

संजनाले आइसीसी विश्वकप २०१९ देखि इण्डियन प्रिमियर लिग (आइपिएल) समेत होस्ट गरिसकेकी छिन् । यसका अलावा संजना कोलकाता नाइटराइडर्सकी पनि एंकर रहेकी थिइन् । संजनाले २)१३ मा फेमिना गर्जियसको उपाधि पनि जितेकी थिइन् । उनले एमटिभीको रियालिटी शो स्प्लिट्सभिलाबाट टेलिभिजन डेब्यू गरेकी थिइन् । संजनाले इन्जिनियरिङ पढेकी छिन् । उनी २०१४ मा मिस इण्डियाको फाइनलसम्म पुगेकी थिइन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *