भारत र इङल्यान्डबीच मंगलवार हुने टी–२० खेलमा दुबै टोलीमा खेलाडीहरु परिवर्तन हुने सम्भावना

डिसी नेपाल
३ चैत २०७७ १३:१५

काठमाडौं । भारत र इङल्यान्डबीच जारी टी–२० सीरीज अन्तर्गतको तेस्रो खेल आज (मंगलवार) अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा खेलिने छ। भारतीय कप्तान विराट कोहलीले आज सुरुवाती ११ मा परिवर्तन गर्न सक्ने सम्भावना रहेको छ । ओपनर ब्याटसम्यान लोकेश राहुलको ठाउँमा विराटले रोहित शर्मालाई ल्याउने देखिएको छ। तेस्रो खेलमा रोहित र ईशानले ओपनिङ गर्न सक्ने देखिएको छ । साथै ईङलीश टोलीले दुई स्पिनर आदिल रशीद र मोईन अलीलाई आजको खेलमा मौका दिने देखिएको छ । दोस्रो खेलमा पाएको पराजयपछि इङल्यान्डका कप्तान इयोन मोर्गनले आफ्नो टोलीको सुरुवाती एघारमा दुई परिवर्तन गर्न सक्ने देखिएको छ। बलर मार्क वुडले टोम करनलाई प्रतिस्थापन गर्ने मौका पाउने देखिएको छ। उही समयमा जोनी बेयरस्टोलाई पनि हटाउन सक्ने सम्भावना देखिएको छ । उनको ठाउँमा विकेटकीपर साम बिलियम्स वा स्पिनर तथा अलराउन्डर मोईन अलीले प्रतिस्थापन गर्न सक्ने छन।

भारतका ओपनर लोकेश राहुलले सिरिजको दुई खेलमा एक रन मात्र बनाएका छन। पहिलो खेलमा मात्र उनले रन बनाएका थिए। दोस्रो खेलमा उनले खाता खोल्न सकेनन्। दुबै खेलमा उनी स्लिपमा क्याच आउट भएका थिए । पहिलो खेलमा उनले शिखर धवनसँग ओपनिङ गरेका थिए, जाँहा उनले खाता खोल्न सकेनन । दोस्रो खेलमा इशान किशनले धवनको स्थानमा मौका पाए, उक्त डेब्यू खेलमा उनले उनले अर्धशतक प्रहार गरे । ईङल्यान्डका बलर मार्क वुडले पहिलो टी २० खेले जाहाँ उनले २० रन दिएर १ विकेट लिए र इङल्यान्डले त्यो खेल जित्यो। तर चोटका कारण उनले दोस्रो खेल खेल्न पाएनन। कप्तान मोर्गन आफू पूर्ण रूपमा फिट छु भन्ने उनलाई विश्वास छ । दोस्रो टी– २० पछि मोर्गनले भनेका थिए “पहिलो खेलमा प्रति घण्टा ९५ माईलको गतिमा उत्कृष्ट बलिङ गर्ने र त्यही खेलाडी दोस्रो खेलमा फर्किन नपाउदा पक्कै पनि उनलाई मिस गरेको छु ।” साथै जोन बेयरस्टोको खराब प्रदर्शन जारी रहेको छ । चौथो नम्बरमा ब्याटिङ गरेका उनले दुबै खेलमा ४६ रन बनाएका छन । दोस्रो खेलमा टोलीलाई उनको आवश्यक थियो तर उक्त खेलमा उनले मात्र २० रन बनाएर पेभेलिएन फर्किए । टी–२० सिरिज भन्दा अगाडि उनले अहमदाबादमा भारत विरुद्व दुई टेस्ट खेलमा खेलेका थिए । जाहाँ उनी लगातार ३ पटक शुन्य रनमा आउट भएका थिए । एक पारीमा उनले केवल २८ रन बनाएका थिए ।

सिरिजको सुरुवाती दुबै खेलमा भारतीय कप्तान विराट कोहलीले आश्चर्य चकित बनाउने निर्णय गरेका थिए । पहिलो खेलमा उनले रोहित शर्माले ओपनिङ गर्ने बताए पनि शिखर धवनलाई मौका दिएका थिए । दोस्रो खेलमा उनले शिखर धवनलाई बाहिर राखेर ईशान किशन र सूर्यकुमार यादवलाई डेब्यु गर्ने मौका दिए । तर सूर्यकुमारले ब्याटिङ गर्ने मौका पाएनन । यस्तो अवस्थामा कोहलीले सुरुवाती एघारमा उनलाई कायम राख्न सक्छन् । तिव्र गतिको बलिङको जिम्मेवारी भूबनेश्वर कुमार र शार्दुल ठाकुरसँगै अलराउन्डर हार्दिक पंड्याको काधँमा रहनेछन । स्पिन विभाग युजवेन्द्र चहल र अलराउन्डर वॉशिन्गटन सुन्दरले सम्हाल्ने देखिन्छ । सुन्दरले दुई खेलमा सर्वाधिक ३ विकेट लिएका छन । शार्दुल दुई विकेट लिदै तेस्रो स्थानमा रहेका छन । केही क्रिकेट बिश्लेषकहरुका अनुसार कोहलीले तेस्रो टी–२०मा नवदीप सैनी वा टी नटराजन खेलाउन सक्छन । तर यस्को सम्भावना एकदमै कम रहेको छ, किनभने यी दुबै खेलाडीको फिटनेस रिपोर्ट अहिले सम्म आएको छैन ।

कोहलीपछि भारतीय टोलीको मध्यक्रम श्रेयस अय्यर, ऋषभ पन्त, सूर्यकुमार यादव र हार्दिक पन्ड्याले सम्हाल्ने छन । अय्यरले सुरुवाती २ खेलमा ७५ रन बनाएका छन । उनी सिरिजमा जेसन रोय (९५) रनपछि दोस्रो टस स्कोररको रुपमा रहेका छन । पहिलो खेलमा टोली संकटको समयमा रहँदा उनले ४८ बलमा ६७ रनको पारी खेलेका थिए । कोहलीले दोस्रो खेलमा अविजित ७३ रन बनाएका थिए । पन्तले १३ बलमा २६ रन जोडेका थिए । सिरिजका लागि ४ युवा खेलाडीहरु ईशान किशन, राहुल तेवतिया, सूर्यकुमार यादव र वरुण चक्रवर्तीलाई पहिलो पटक टोलीमा स्थान दिईएको छ । ईशान र सूर्यकुमारले डेब्यू गरिसकेका छन । अब तेवतिया र वरुण डेब्यूका लागि प्रतिक्षारथ छन ।

अहमदाबादको आकाश खेलको समयमा सफा रहने देखिएको छ । याहाँको तापमान २२ देखि ३९ डिग्री सेल्सियसकोबीच रहने सम्भावना छ । अहमदाबादको पीचमा पछिल्लो दुई खेलमा जस्तै यो पटक पनि पहिले ब्याटिङ गर्नेलाई गार्हो हुनेछ । पीचमा तिव्र गतिका बलर र स्पिनरहरुलाई बलिङ गर्न सहज हुने देखिन्छ । दोस्रो पारीमा बल ब्याटमा आउन सक्ने भएकोले रन बन्ने सम्भावना रहेका छ । अहमदाबादमा टस जित्जे टोलीले पहिले बलिङ गर्न रुचाउने देखिन्छ । सिरिजका अघिल्लो दुई खेलमा यो पीचमा पहिले ब्याटिङ गर्ने टोली पराजय भएको छ । भारत र इङ्गल्याण्डबीचको अहिले सम्म भएको टी–२० प्रतिस्पर्धा बराबरी जस्तै रहेको छ । दुबै टोलीले एक आपसमा कुल १६ टी–२० खेल खेलेका छन जसमा भारत र इङ्गल्याण्डले समान ८–८ खेल जितेका छन । भारतीय टोलीले घरेलु मैदानमा खेलको ८ टी–२० मा चारमा जित र चारमा हार ब्योहोरेको छ । दुबै टोलीबीच अहिले सम्म ६ द्विपक्षीय टी–२० सिरिज खेलिएको छ । जसमा भारतले २ र ईङल्यान्डले ३ सिरिज जितेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *