थ्रि नेशन्स कपमा नेपालले पहिलो खेल किर्गिस्तान विरुद्ध खेल्ने

डिसी नेपाल
३ चैत २०७७ १५:३४

काठमाडौं । आगामी २३ मार्च देखी २९ सम्म दशरथ रंगशालामा हुने थ्रि नेशन्स कपको खेलतालिका सार्वजनिक भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले थ्रि नेशन्स कपको खेल तालिका सार्वजनिक गरेको हो । मंगलवार सार्वजनिक गरिएको तालिकामा नेपालले लिग चरणको पहिलो खेलमा मार्च २५ तारिकमा किर्गिस्तानको सामना गर्नेछ । त्यस्तै नेपालले मार्च २७ मा बङलादेशको सामना गर्नेछ ।

एन्फाको आयोजनामा दशरथ रंगशालामा हुने प्रतियोगितामा आयोजक नेपाल सहित बङलादेश र किर्गिस्तानको सहभागिता रहेको छ । समुह चरणमा शिर्ष दुईमा पुग्ने टोलीले मार्च २९ मा उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिताको जम्मै खेल दशरथ रङशालामा हुनेछ । लिग चरणका तीनवटै खेलसहित फाइनल खेल बेलुकी साढे पाँच बजेबाट खेलाइनेछ ।

थ्रि नेशन्स कपको खेल तालिका :

मार्च २३ – बंगलादेश विरुद्ध किर्गिस्तान
मार्च २५ – नेपाल विरुद्ध किर्गिस्तान
मार्च २७ – नेपाल विरुद्ध बंगलादेश

मार्च २९ – फाइनल




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *