एनएसएल टोली ललितपुर सिटीको मार्की खेलाडीको रुपमा अन्जन बिष्ट

डिसी नेपाल
३ चैत २०७७ १५:५८

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल)को टोली ललितपुर सिटी एफसीले मार्की खेलाडीको रुपमा राष्ट्रिय टोलीका फरवार्ड अन्जन बिष्टलाई अनुबन्धन गरेको छ । टोलीले सोमवार एक कार्यक्रमको आयोजना गर्दे बिष्टलाई अनुबन्धन गरेको छ । कार्यक्रममा भटभटेनी सुपरमार्केटका कार्यकारी निर्देशक तथा ललितपुर सिटी एफसीका मालिक कल्याण गुरुङ र अन्जनले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए ।

सहिद स्मारक ए डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबको खेलाडीका रुपमा आवद्व रहेका अन्जनलाई ५ लाख पचास हजारमा ललितपुर सिटी एफसीले किनेको हो । बिष्टले नेपालका लागि २०१४ मा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए । उनले प्रायः सबै किसिमका उमेर समुहमा नेपाली राष्ट्रिय टोलीको प्रतिनिधित्व गरेका छन् । यसैगरी सोमवारनै अर्को क्लब धनगढी फुटबल क्लबले मार्की खेलाडीका रुपमा बिशाल राईलाई क्लबमा भित्र्याएको थियो ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *