भारत र इंग्ल्याण्डबीचको टी ट्वान्टी श्रृखंला दर्शकको अनुपस्थिति हुने

डिसी नेपाल
३ चैत २०७७ १६:१५

काठमाडौं । भारत र इंग्ल्याण्डबीचको टी ट्वान्टी श्रृखंलाको बाँकीको खेल दर्शकको अनुपस्थितिमा हुने भएको छ । टी ट्वान्टीका पाँच वटै खेल अहमदाबादका लागि निर्धारण गरिएको छ । अहमदाबादमा बढ्दो कोभिड सङ्क्रमणको कारण भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआइ)ले श्रृखंलाको बाँकीको तीन वटै खेल दर्शकको अनुपस्थितिमा खेलाइने निर्णयमा पुगेको हो ।

अहमदाबाद नगर निगमले पसल, रेष्टुरेन्ट, सैलुन लगायत सपिङ सेन्टर राति दश बजेपछि बन्द गर्ने निर्णय गरेपछि गुजरात क्रिकेट संघ र बीसीसीआइबीच दर्शकको अनुपस्थितिमा खेलाइने सहमति भएको हो । बीसीसीआइका सचिब जय शाहले गुजरात क्रिकेट संघ र स्थानीय स्वास्थ्य अधिकारीहरुसँगको छलफलपछि उक्त निर्णय लिइएको बताएका छन । निगमका अनुसार अहमदाबादमा ५३० जना कोरोनाका सक्रिय सङ्क्रमित छन् ।

गुजरात क्रिकेट संघले तीनवटा टी ट्वान्टी खेलका लागि खरिद गरिएको टिकेटको रुपियाँ फिर्ता गर्ने जनाएको छ । मार्च २३ मा सुरु भई २६ मा दोस्रो र २८ मा तीन अन्तर्राष्ट्रिय एकदिवसीय पुणेमा हुने निर्धारण गरिएको छ । एकदिवसीय श्रृखंल समेत बन्द रङ्गशालामा खेलाइनेछ । महाराष्ट्र सरकारले बन्द रङ्गशालामा म्याच खेलाउन निर्देशन दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *