वल्भ्सका गोलरक्षक खेलको क्रममा मूर्छित

डिसी नेपाल
३ चैत २०७७ १६:२३

काठमाडौं । वल्भ्सका गोलरक्षक रोइ पैत्रिसियो लिभरपुल विरुद्धको खेलको क्रममा मूर्छित भएका छन । लिभरपुल विरुद्धको खेलमा वल्भ्सले १–० को हार बेहोरेको छ । कप्तान कोनोर कोएडीसँग ठोक्किन पुग्दा पैत्रिसियो मूर्छित हुन पुगेका छन । वल्भ्सका फरवार्ड रौल जिमेनेजको गत नोभेम्बरमा आर्सनल विरुद्धको खेलमा उनको टाउकोमा गम्भीर चोट लागेको थियो ।

वल्भ्सका प्रशिक्षक नुनो एस्पिरिटोले पैत्रीसियो खेलकै क्रममा मूर्छित हुन पुगेको बताएका छन । उनले भने, “हाल उनको अवस्था सुध्रिदो छ, ठोकिएको क्षण उनलाई याद छ ।” लिभरपुलका फरवार्ड मोहम्मद सलहले गोलका लागि गरेको प्रयास अफसाइडमा परिणत हुँदै गर्दा पैत्रिसियोले रक्षा गर्ने क्रममा कप्तान कोएडीको घुँडाले ठोक्किन पुगेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *