लिओनेल मेसीको अर्को कीर्तिमान

डिसी नेपाल
३ चैत २०७७ १८:१३
284
Shares

काठमाडौं । लिओनेल मेसीले बार्सिलोना फुटबल क्लबका लागि सबैभन्दा धेरै खेल खेल्ने जाभीको कीर्तिमानसँग बराबरी गरेका छन्। बार्सिलोनाका लागि ७६७ औँ पटक मैदानमा ओर्लिएका मेसीले उक्त खेलमा दुई गोल पनि गरेका छन्।

होएस्काविरुद्धको स्पेनिश ला लीगा खेलमा मेसीले अर्को एक गोलका लागि सहयोग गरेका थिए। बार्सिलोनाले ४–१ ले जितेको सो खेलपछि सो क्लब लीगको अङ्गतालिकामा दोस्रो स्थानमा उक्लेको छ।

समान २७ खेल खेलेको एट्लेको मड्रिडको ६३ अङ्क छ भने बार्सिलोनाको ५९ अङ्क छ। मेसीले सन् २००४ देखि बार्सिलोनाका लागि खेल्न थालेका हुन्। उनले १० पटक स्पेनिश लीग र चार पटक च्याम्पियन्स लीग जित्नुका साथै अन्य २० विजेता ट्रफी जितेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *