कोभिड महामारीमा स्वास्थ्य सेवा नपाएर दक्षिण एशियामा दुई लाखभन्दा बढी बालबालिकाको मृत्यु

डिसी नेपाल
४ चैत २०७७ १६:४३
32
Shares

बीबीसी । कोभिडका महामारीले स्वास्थ्य सेवामा परेको प्रभावका कारण दक्षिण एशियामा मात्रै २३९,००० आमा र शिशुको मृत्यु भएको अनुमान संयुक्त राष्ट्रसङ्घले गरेको छ।

सो प्रतिवेदन अफगानिस्तान, नेपाल, बाङ्ग्लादेश, भारत, पाकिस्तान र श्रीलङ्कामा केन्द्रित छ। प्रतिवेदनले यी छ देशमा थप २२८,००० पाँच वर्षमुनिका बालबालिकाको मृत्यु पोषणदेखि खोपसम्मका अत्यावश्यक सेवा रोकिएका कारणले भएको अनुमान गरेको छ।

प्रतिवेदनले कोभिडका कारण स्वास्थ्य सेवामा परेको प्रभावले सबैभन्दा ठूलो असर महिला, बालबालिका र किशोरकिशोरीलाई परेको बताएको छ। दक्षिण एशियामा अहिलेसम्म एक करोड ३० लाख मानिसमा कोभिड देखिएको र १८६,००० को मृत्यु भएको छ।

डाइरेक्ट एन्ड एनडाइरेक्ट एफेक्ट्स अफ कोभिड(१९ प्यानडेमिक एन्ड रेस्पोन्स इन साउथ एशिया नामक प्रतिवेदनका महामारीमा चालिएको सरकारी रणनीतिले स्वास्थ्य सेवा, शिक्षालगायतका सामाजिक सेवा र अर्थतन्त्रमा पारेको प्रभाव अध्ययन गरिएको छ।

नेपाल र बाङ्ग्लादेशमा अति कुपोषणको उपचार गराइरहेको बालबालिकाको सङ्ख्यामा ८० प्रतिशतले कमी आएको बताएको छ। प्रतिवेदनमा चार लाख किशोरीसहित ३५ लाख महिलाहरू परिवार नियोजनका साधनमा पहुँच नपुगेका कारण गर्भवती हुनुपरेको बताइएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *