सीसीएमसी बैठकः नेपाल र भारतबीचको सडक यातायात सञ्चालन गर्न सरकारलाई सिफारिस
काठमाडौं। काेभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीले नेपाल र भारतबीचको सडक यातायात सञ्चालन गर्नका लागि अनुमति दिन मन्त्रिपरिषद् समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
बिहीबार सिंहदरबारमा बसेको सीसीएमसी बैठकले नेपालबाट भारतका बिभिन्न गन्तव्यमा जाने र भारतबाट नेपाल भित्रने सार्वजनिक यातायातका साधन सञ्चालनका लागि अनुमति दिन सिफारिस गर्ने निर्णय गरेको हो। नेपाल भित्रने यात्रुहरुले पूर्णरुपमा स्वास्थ्य मापदण्ड प्रयोग गर्नुपर्ने तथा ७२ घण्टा अगाडिको कोरोना परीक्षण रिपोर्ट प्रश्तुत गर्नुपर्ने मापदण्ड राखिएको सचिव खगराज बरालले जानकारी दिए।
दुईदेशीय यातायात सञ्चालन खुल्ला गर्न यातायात व्यवसायीबाट अनुरोध आएपछि सिसिएमसीले सो सम्बन्धी निर्णय गरेको हो।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment