महान्यायाधिवक्तामा रमेश बडाल सिफारिस
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ता रमेश बडाललाई नियुक्तिका लागि सिफारिस गरेका छन्। आजमात्रै अग्नि खरेलले महान्यायाधिवक्ताबाट राजीनामा दिएपछि उक्त पद रिक्त थियो।
खरेल २०७४ फागुन ८ मा महान्यायाधिवक्ता पदमा नियुक्त भएका थिए। प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बडाडलाई आजै महान्यायाधिवक्ता नियुक्त गर्ने तयारी गरेकी छन्।
उता महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पदबाट राजीनामा दिएका छन्। महान्यायाधिवक्ता खरेलले शुक्रबार पत्रकार सम्मेलन गर्दै राजीनामा दिएका हुन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीको आग्रहअनुसार राजीनामा दिएकाे बताए।
०७४ साल फागुनमा महान्यायाधिवक्ता नियुक्त खरेलले तीनवर्षे कार्यकाल पूरा गरेर राजीनामा दिएका छन्। सरकार रहँदासम्म महान्यायाधिवक्ताको कार्यकाल रहने भए पनि प्रतिनिधिसभा विघटनपछि खरेलले राजीनामाको इच्छा देखाएका थिए।
प्रधानमन्त्री ओलीको कानुनीभन्दा पनि राजनीति बचाउन इच्छुक बनेका खरेलले अबको निर्वाचनमा प्रत्यक्ष निर्वाचन लड्ने इच्छा देखाएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment