समानुपातिक सांसद हटाउन सक्ने अधिकार प्रधानमन्त्री ओलीलाई

डिसी नेपाल
७ चैत २०७७ १८:४१
1.1k
Shares

काठमाडौं। एमालेबाट प्रतिनिधिसभामा निर्वाचित समानुपातिक सांसदहरुलाई हटाउन सक्ने वा राख्ने भन्ने निर्णय एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले एक्लै निर्णय लिन सक्ने भएका छन्।

शनिबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकले समानुपातिक बन्द सूचीको नाम हेरफेरबारे निर्णय गर्न अध्यक्षलाई अधिकार प्रत्यायोजन गर्ने निर्णय गरेको छ। यो निर्णयसँगै समानुपाकित सांसदहरुको भविष्य ओलीको एकल निर्णयमा भर पर्ने भएको छ।

यो निर्णयसँगै वरिष्ठ नेता माधवकुमार नेपाल समूहमा रहेका करिब १ दर्जन समानुपातिक सांसदहरुको पद धरापमा पर्ने देखिएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *