स्वदेश फर्किए दुर्गाप्रसाद

डिसी नेपाल
८ चैत २०७७ ९:४१
1.1k
Shares

काठमाडाैं। कोलकत्ताको कारागारबाट ४० वर्षपछि शनिबार रिहा भएका माई नगरपालिकाका दुर्गाप्रसाद तिम्सिना आइतबार स्वदेश आइपुगेका छन्।

कलकत्तास्थित दमदम जेलबाट शनिबार रिहा भएका तिम्सिना बसबाट आइतबार बिहान काँकडभिट्टा आइपुगेका हुन्।

कलकत्ता उच्च अदालतले उनलाई रिहा गर्न आदेश दिएपछि शनिबार दमदम सेन्ट्रल जेलले दुर्गाप्रसादलाई कलकत्तास्थित नेपाली महावाणिज्य दूतावासको रोहवरमा परिवारको जिम्मा लगाएको थियाे।

अभियोग प्रमाणित नभइकनै चार दशकसम्म जेलमा परेका दुर्गाप्रसादलाई उनका भाइ प्रकाशचन्द्र तिम्सिनाले जिम्मा लिएका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *