मोटरसाइकल दुर्घटनामा एकको मृत्यु
दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–५ सिर्दीमा आज साँझ ७ः३० बजे मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक घाइते छन् ।
पोखराबाट दमौली आउँदै गरेको ग८प ६६३९ नंको मोटरसाइकल अनियन्त्रित भई नालामा खस्दा घाइते भएका चालक व्यास नगरपालिका–५ बस्ने ५१ वर्षीय टीकाराम क्षेत्रीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । उनको दमौली अस्पतालमा मृत्यु भएको हो । दुर्घटनामा शुक्लागण्डकी नगरपालिका–४ बस्ने ४९ वर्षीय सुरेश सुवेदी घाइते छन् । उनको दमौली अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । रासस
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment