हेल्प नेपालद्वारा रारामा निःशुल्क मास्क वितरण

डिसी नेपाल
१० चैत २०७७ १०:११

काठमाडौं । गर्मी मौसम सुरु भएसँगै कर्णालीको रारामा आन्तरिक पर्यटनको चहलपहल बढ्दो छ। कोरोना शून्य अवस्थामा पुगेपछि रारामा आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको हो।

कोरोनाको जोखिम कायम रहेका बेला रारा घुम्न आउने आन्तरिक पर्यटकहरुलाई स्वास्थ्यको न्यूनतम मापदण्डको पालना गराउने उद्येश्यले हेल्प नेपाल नेटवर्क र रारा स्वास्थ्य चौकीको सहयोगमा निःशुल्क मास्क वितरण गरिएको छ।

स्वास्थ्य घुम्ति सेवा अन्तर्गत निःशुल्क मास्क वितरण गरिएको हेल्प नेपाल नेटवर्कले जनाएको छ। घुम्ति सेवा विस्तारका लागि अहिले २ अहेबसहित ४ जना कर्मचारीहरु परिचालित छन्।

भारतका विभिन्न शहरहरुमा कोरोनाको दोश्रो चरण सुरु हुन थालेपछि नेपालमा पनि सतर्कता अपनाउन स्वास्थ्य विज्ञहरुले जानकारी दिएका छन्। स्वास्थ्यका न्यूनतम मापदण्डहरु पुरा गर्न/गराउनका लागि रारामा घुम्ति स्वास्थ्य सेवा संचालन गरिएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *