संजोगको गोल मार्फत नेपालले लियो अग्रता (लाइभ)

डिसी नेपाल
१६ चैत २०७७ १८:०४
192
Shares

काठमाडौं। त्रिदेशीय नेसन्स कप फुटबलको उपाधि भिडन्तमा घरेलु टोली नेपालले अग्रता लिएको छ। पहिलो हाफको १८ औं मिनेटमा कर्नरमार्फत सुनिल बलले दिएको पासमा सन्जोग राईले हेडमार्फत गोल गर्दै अग्रता दिलाएका हुन्।

घरेलु टोली नेपालले खेलको सुरुवात देखिनै बंगलादेशलाई दबाव दिइरहेको छ। नेपाली सिनीयर टोलीले लामो समयपछि दशरथ रंगशालामा अन्तराष्ट्रिय प्रतियोगिता खेल्न लागेको छ ।

अपेक्षा अनुसार प्रर्दशन गर्न नसकेको नेपालले आजको खेलमा भने उत्कृष्ट प्रर्दशन गर्दै उपाधि कब्जा गर्ने लक्ष्य लिएको छ।

यसअघि बिहीबारको पहिलो खेलमा नेपालले किर्गिस्तासँग गोल रहित बराबरी खेलको थियो भने बंगलादेशसँग पनि गोलरहित बराबरी खेल्दै फाइनलको यात्रा तय गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *