राष्ट्रिय रिङ रेस्लिङ शुरु टाईगर र डेविडबीच उपाधि भिडन्त

डिसी नेपाल
२० चैत २०७७ १९:५६
276
Shares

पोखरा । नुवाकोटे टाईगर र डेविडबीच दोश्रो राष्ट्रिय रिङ रेस्लिङ प्रतियोगिताको उपाधि भिडन्त पक्का भएको छ । शुक्रवार पोखरा रगंशालाको बहुउद्धेश्यिय कभर्डहलमा भएको ह्याबी वेटको प्रतिस्पर्धामा टाईगरले चट्टानमाथी पावर वम प्रयोग गरेर पछारेको अवस्थामा रिङ माथीबाट जम्प गदै एल्बो ड्याबको प्रयोग गरेपछि चट्टानले रेफ्रिको तीन काउन्टमा प्रतिकार गर्न नसक्दा पराजिय ब्यहोरेका थिए । डेविडले आफ्ना प्रतिद्धन्दी साईनलाई पराजित गर्न निक्कै पसिना बगाउनु परेको थियो । साईनले डेविडलाई लगभग पराजित गरि सकेका अवस्थामा रेफ्रिको तीन काउन्टलाई प्रतिकार गदै खेलमा फर्किए थिए । अन्तिम समयमा डेविडले साईनमाथी सिल्जर टेक्निकको प्रयोग गदै जित निकालेका थिए ।

लाईट वेटको खेलमा एक्स हिरोले जे वल्डलाई पराजित गर्यो । ३ फिट ९ इन्च मात्र उचाई भएका एक्स हिरोले ५ फिट ५ इन्च भएका जे वल्डलाई हराउन नसक्ने आएको बेला टुपी ग्याङले जे वल्डको ध्यान भङ गरेको अवस्थामा रिङमा ढलेका एक्स हिरोले उठेर पछाडीबाट पल्टाएर दुवै खुट्टमा लक लगाई पराजित गरेका थिए । ठगु र द युगबीचको हाडकोट(खतरनाक) खेल भएको थियो । युगले फलामको चेनद्धारा ढाडमा प्रहार गरे पछि प्रतिकारमा उत्रिएका ठगुले टिनको पाताको कुर्सी कुच्याउने गरि टाउकामा पटक पटक प्रहार गरे पछि युग रक्ताम्ब्य भएका थिए । रिङ बाहिर धारासाही हुनेगरि पिटेर रिङमा ल्याए पछि रेफ्रिले तीन काउन्ट गर्दा युगले प्रतिकार गरेका थिए । घाईते भएका युगले पुन खेलमा फर्कदै ठगुलाई धारासाही बनाएर तीन काउन्टर गरेका अवस्थामा ठगुको पाटनरले रेफ्रिलाईनै तानेर पछारेका थिए । त्यस पछि रिङमा युगका पाटनर पनि आए पछि ठगु टोली रिङबाट बाहिरिएको थियो । उक्त खेल पून शनिवार हुनेछ महिलाहरुका त्रिकोणीय खेलमा दिलासाले बाजी मारिन् । तनु र डेनिका मिलेर दिलासालाई पिटेर धारासाही बनाउदै रिङ बाहिर पठाएका थिए । त्यस पछि तनु र डेनिकाबीच कडा प्रतिस्पर्धा भएर थकित भएको अवस्थामा ७ मिनेट पश्चात रिङमा प्रवेश गरेकी दिलसाले दुवैलाई हराएकी थिईन् । नेपाल रिङ रेस्लिङ संघको आयोजनामा संचालन भएका २ दिने रिङ रेस्लिङ प्रतियोगिताको युवा तथा खेलकुद मन्त्री दावा तामाङ र राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवालले उद्घाटन गरेका थिए । राखेप सदस्य समेत रहेकी आयोजक संघकी महासचिव सुवर्ण श्रेष्ठले उद्घाटन समारोहको अध्यक्षता गरेकी थिईन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *