सामान चोरी गरेको झुटो आरोप लगाएपछि अनिश्चितकालीन कामकाज बन्द

रासस
२२ चैत २०७७ २२:०६
124
Shares

दमौली । तनहुँको भानु नगरपालिकाका कर्मचारीले आजदेखि अनिश्चितकालका लागि कामकाज बन्द गरेका छन् । कार्यालयको काममा खटिरहेको बेला जनप्रतिनिधिको रोहवरमा केही व्यक्तिहरुले कार्यालयको सामान चोरी गरेको झुटो आरोप लगाएपछि नगरपालिकाका कर्मचारीले कामकाज बन्द गरेका हुन् ।

नगरपालिकाका सम्पूर्ण कर्मचारीले आज प्रेस विज्ञप्ति जारी गर्दै कर्मचारीको आवश्यक सुरक्षाको प्रत्याभूति र सुरक्षित तवरले काम गर्ने वातावरण सिर्जना नभएसम्म काम पुनः सञ्चालन नगरिने जनाएका छन् ।

चैत २० गते काम गरिरहँदा केही व्यक्तिहरुले कार्यालयको सामान चोरी गरेको जस्तो झुटो आरोप लगाई प्रहरीलाई खबर गरी प्रहरी सहितको टोलीले डरधम्की दिई जबर्जस्ती मुचुल्कामा सही छाप गर्न लगाएको विज्ञप्तिमा उल्लेख गरिएको छ । “कर्मचारीलाई प्रहरी हिरासतमा राख्ने जस्ता निन्दनीय र अपमानजनक क्रियाकलाप भएको प्रति सम्पूर्ण कर्मचारी मर्माहत छौँ”, विज्ञप्तिमा भनिएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *